इङ्लिस क्लब एस्टन भिल्लालाई पन्छाउँदै पीएसजीले लगातार दोस्रो पटक यूईएफए सुपर कप जित्यो
पछिल्लो विकसित घटनाक्रम अनुसार, फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एस्टन भिल्लालाई पराजित गर्दै यूईएफए सुपर कपको ट्रफी रक्षा गरेको छ । अस्ट्रियाको साल्जबर्गस्थित रेड बुल एरिनामा बिहीबार राति भएको खेलमा पीएसजीले भिल्लामाथि २–१ को विजय निकाल्यो । च्याम्पियन्स लिग विजेता पीएसजीका लागि ख्भिचा भरात्स्खेलियाले २०औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । […]

२८ साउन । फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एस्टन भिल्लालाई पराजित गर्दै यूईएफए सुपर कपको ट्रफी रक्षा गरेको छ ।
अस्ट्रियाको साल्जबर्गस्थित रेड बुल एरिनामा बिहीबार राति भएको खेलमा पीएसजीले भिल्लामाथि २–१ को विजय निकाल्यो । च्याम्पियन्स लिग विजेता पीएसजीका लागि ख्भिचा भरात्स्खेलियाले २०औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।
भिल्लाका १७ वर्षीय ब्रायन माडजोले पहिलो हाफको अन्तिम मिनेटमा बराबरी गोल फर्काए । जोन म्याकगिनको क्रसमा भलीमार्फत गोल गर्दै माडजोले सुपर कपमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडीको कीर्तिमान बनाए ।
यद्यपि ६२औं मिनेटमा डिजाएर डुएले गोल गर्दै पीएसजीलाई पुनः अग्रता दिलाए । उनको गोललाई अफसाइडको आशंकामा भीएआरबाट जाँच गरिएको थियो । जाँचपछि गोलले आधिकारिक स्वीकृति पाएसँगै पीएसजीले अग्रता जोगाउँदै ट्रफी हात पार्यो ।
भिल्लाका लागि माडजोले उत्कृष्ट प्रदर्शन गरे पनि उनको गोल टोलीलाई ट्रफी दिलाउन पर्याप्त भएन । खेलमा भिल्लाले केही राम्रा अवसर सिर्जना गरे पनि पीएसजीका गोलरक्षक माट्भे साफोनोभले केही उत्कृष्ट बचाउ गरे ।
भिल्लाले गत मेमा युरोपा लिगको ट्रफी जितेपछि सुपर कपमा स्थान बनाएको थियो भने पीएसजीले गत सिजन च्याम्पियन्स लिग जित्दै प्रतियोगितामा स्थान बनाएको थियो ।
पीएसजीले गत वर्ष टोटनह्यामलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पहिलो पटक सुपर कप जितेको थियो । यससँगै फ्रान्सेली क्लबले ट्रफी एकपछि अर्को गरी दोस्रो वर्ष आफ्नो नाममा राखेको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।