अजरबैजानमा हुने फिफा यू-१५ वर्ल्ड कप एण्ड फेस्टिभलमा नेपालले प्रतिस्पर्धा गर्ने
घटनाक्रमको ताजा विवरण अनुसार, फिफाको ब्युरो अफ काउन्सिलको मिटिङले २५ जुनमा अजरवैजानमा २२ देखि ३२ अक्टोबरमा आयोजना गर्ने कदम चालेको थियो ।

नेपालको उमेर समूहको फुटबल टिमले अजरवैजानमा हुने फिफा यू-१५ वर्ल्ड एण्ड फेस्टिभलबमा सहभागिता जनाउने भएको छ ।
फिफाको ब्युरो अफ काउन्सिलको मिटिङले २५ जुनमा अजरवैजानमा २२ देखि ३२ अक्टोबरमा आयोजना गर्ने कदम चालेको थियो ।
त्यसका लागि फिफाको २११ वटै सदस्य राष्ट्रलाई आमन्त्रण गरेको र सबैले सहभागिता जनाउने पाउने प्रावधान अनुसार नेपालले पनि खेल्ने भएको निलम्बनमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले जानकारी उपलब्ध गराए । फुटबलले विश्वलाई जोड्छ: हरेक प्रतिभालाई एक अवसर भन्ने नाराका साथ यो यू-१५ वर्ल्ड एण्ड फेस्टिभल हुन लागेको हो ।
हाल नेपाली फुटबलको सर्वोच्च निकाय एन्फा फिफाकै निलम्बनमा छ ।
यद्यपि यो मुख्य प्रतिस्पर्धा भन्दा फरक रहेको र यू-१५ वर्ल्ड कप एण्ड फेस्टिभल भएकोले नेपालले खेल्न पाउने भएको शाहले जानकारी उपलब्ध गराए । ‘निलम्बन अघि नै हाम्रो नाम यू-१५ वर्ल्ड कप एण्ड फेस्टिभलको लागि दर्ता भइसकेको थियो । यसमा विश्वभर रहेका फिफाको सबै सदस्य राष्ट्रले खेल्न पाउनेछ । यसको लागि कुनै छनोट प्रतिस्पर्धा पनि हुँदैछ । त्यसैले नेपाललाई पनि यसमा खेल्न दिन लागेको हो ।’ शाहले भने ।
फिफाले संसारभरमा युवा प्रतिभाहरुका लागि पहिलो पटक यू-१५ वर्ल्ड कप एण्ड फेस्टिभल आयोजना गर्न लागेको हो । यस प्रतियोगिताको आयोजक घोषणा भएकै दिन फिफाले एन्फालाई निलम्बन गरेको थियो ।
उनले यु-१५ वर्ल्ड कप एण्ड फेस्टिभलका लागि जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरमा छनोट गरेर टिम छानिने जानकारी गराए ।
शाहका अनुसार नेपालको जिल्ला छनोट १६ देखि २५ अगष्ट सम्म र प्रदेश छनोट २८ देखि ३९ अगष्ट सम्म हुनेछ । यस्तै राष्ट्रिय स्तरको छनोट ३ देखि ६ सेप्टम्बरसम्म हुनेछ । सेप्टेम्बर १० मा प्रारम्भिक सुची पठाउनुपर्नेछ भने अक्टोबर ७ मा अन्तिम सूची बुझाउनुपर्नेछ ।
यस यु-१५ वर्ल्ड कप एण्ड फेस्टिभलमा सहभागिताको विषयमा आज भर्चुअल मिटिङ भएको र अब एन्फाले प्रतिस्पर्धी खेलाडी छनोटको प्रक्रिया थालनी गर्ने प्रवक्ता शाहले जानकारी उपलब्ध गराए ।
हाल एन्फा फिफाको निलम्बनमा हुँदा नेपालको सबै अन्तर्राष्ट्रिय सहभागिता रोकिएको छ भने घरेलु फुटबल गतिविधि पनि ठप्प बनेको छ ।
FILE PHOTO

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।