मलेसिया जानुअघि नेपाली राष्ट्रिय क्रिकेट टोली भारतमा विशेष प्रशिक्षणमा, क्यानद्वारा खेलाडीको बिदाइ
घटनाक्रमको ताजा विवरण अनुसार, नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा हुने एसीसी प्रिमियर कप खेल्नुअघि भारतमा गृहकार्य गर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार नेपाली टोलीलाई बिदाइ गर्दै भारतमा गृहकार्य गर्ने जानकारी दिएको हो । क्यानले शुक्रबार एक कार्यक्रमका बीच नेपाली टोलीलाई बिदाइ गरेको हो । क्यान उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले […]

२९ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा हुने एसीसी प्रिमियर कप खेल्नुअघि भारतमा गृहकार्य गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले शुक्रबार नेपाली टोलीलाई बिदाइ गर्दै भारतमा गृहकार्य गर्ने जानकारी दिएको हो । क्यानले शुक्रबार एक कार्यक्रमका बीच नेपाली टोलीलाई बिदाइ गरेको हो ।
क्यान उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले टोलीलाई बिदाइ गरे । क्यान सचिव पारस खड्काले प्रिमियर लिगको गृहकार्य भारतमा गर्ने र उतैबाट प्रिमियर कपको लागि मलेसिया जाने पक्का भएको जानकारी उपलब्ध गराए ।
‘प्रिमियर कपको तयारीको लागि भारत जाने र भारतबाट नेपाल फर्केर मलेसिया जाने गृहकार्य थियो यद्यपि आज बिहान मात्रै नेपाली टोली भारतमा गृहकार्य गरेर सिधै मलेसिया जाने भएकोले हतारमा बिदाइ कार्यक्रम आयोजना गर्नुपर्यो’ पारसले भने ।
सचिव खड्काले नेपाली क्रिकेटको विकासको लागि कप्तान परिवर्तनको आवश्यकता भएको र क्रिकेटिङ नेसन्सको रुपमा ग्रो हुने उदेश्य रहेको जानकारी गराए । उनले टिममा को प्रतिस्पर्धी खेलाडी पर्यो भन्नेभन्दा पनि टिमका रूपमा राम्रो प्रदर्शन गर्नुपर्ने जानकारी गराए ।
क्यान क्रिकेट निर्देशक विनोद दासले नेपाली टोली आजै भारत जाने १० दिनको क्याम्पमा रहने जानकारी गराए । भारतमा दुई अभ्यास म्याच खेलेर नेपाली टोली मलेसिया जाने र मलेसियामा पनि ५ दिनको क्याम्प हुने दासले जानकारी उपलब्ध गराए ।
मलेसियामा दुई अभ्यास खेलको लागि प्रयास गरिरहेको दासले जानकारी उपलब्ध गराए । यस्तै मुख्य प्रशिक्षक स्टुअर्ट ल ले नेपाली टोलीमा युवा खेलाडीहरु पनि समावेश भएको र बेंगलोरमा गृहकार्य गर्ने जानकारी गराए ।
यस्तै नवनियुक्त कप्तान सन्दीप लामिछानेले पछिल्लो सिरिजहरू राम्रो हुन नसकेको र गल्ती पहिचान गर्दै आउने टुरमा राम्रो प्रदर्शन गर्ने जानकारी गराए । उनले टिम राम्रो रहेको र विगतको कुरालाई छाडेर अब जितको लक्ष्य राखेर खेल्नुपर्ने जानकारी गराए ।
‘हाम्रो लक्ष्य भनेको एसीसी प्रिमियर कप जित्ने नै हो’ कप्तान सन्दीपले स्पष्ट पारेका छन् । कप्तानका रूपमा पनि लामिछानेले टिम व्यवस्थापन र मैदानमा उत्रिएका खेलाडीहरू सबैसँग सहकार्य गरेर अघि बढ्ने जानकारी गराए ।
क्यान सचिव पारस खड्काले नेपालले प्रिमियर कपमा राम्रो प्रदर्शन गर्दै जितेर एसिया कपमा छनोट हुने विश्वास व्यक्त गरे ।
सन्दीप लामिछानेले कप्तानीमा पुनरागमन गरेपछि नेपाली ओडीआई क्रिकेट टोलीको यो पहिलो पटक विदेश भ्रमण गर्न लागेको हो ।
क्यानले प्रिमियर लिगको लागि लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिसकेको छ । एसीसी प्रिमियर कप अगस्ट २९ देखि मलेसियामा थालनी हुनेछ । जहाँ एसियाका १० एसोसिएट टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । विजेता टोलीले आगामी वर्ष हुने ओडीआई फर्म्याटको एसिया कपमा स्थान बनाउनेछ ।
बिदाइ कार्यक्रममा विरेन्द्र बहादुर चन्द, प्रदिप मजगैया, धिरेन्द्र साउद लगायतको उपस्थिति थियो ।
नेपाली टोली : सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल, आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, इसान पाण्डे, गुल्सनकुमार झा, शेर मल्ल, ललितनारायण राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।