२०औं एसियाली खेलकुदको कडा अभ्यासका लागि नेपाली पौडी टोली भारतको बेंगलुरु जाने
पछिल्लो विकसित घटनाक्रम अनुसार, नेपाली पौडी टोलीले आसन्न २०औं एसियाली खेलकुदको गृहकार्य भारतको बेंगलरुमा गर्ने भएको छ । एक महिने प्रशिक्षणका लागि ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शनिबार भारत प्रस्थान गर्ने छ । खेलाडीमा पुरुषतर्फ जाडेन श्रेष्ठ, अभिभ प्रधान र इर्भिन श्रेष्ठ तथा महिलामा डुवाना लामा र आर्या महर्जन रहेका छन् । प्रशिक्षकमा रत्नलाल […]

२९ साउन । नेपाली पौडी टोलीले आसन्न २०औं एसियाली खेलकुदको गृहकार्य भारतको बेंगलरुमा गर्ने भएको छ । एक महिने प्रशिक्षणका लागि ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शनिबार भारत प्रस्थान गर्ने छ ।
खेलाडीमा पुरुषतर्फ जाडेन श्रेष्ठ, अभिभ प्रधान र इर्भिन श्रेष्ठ तथा महिलामा डुवाना लामा र आर्या महर्जन रहेका छन् । प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा शिरीष गुरुङ छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।
२०औं एसियाली खेलकुद असोज ३ गतेदेखि थालनी हुनेछ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।