लिटिल एन्जल्सलाई स्तब्ध पार्दै जेम्स स्कुलले चुम्यो जुनियर क्रिकेट लिग सिजन–२ को ट्रफी
सोसल साउट समाचार कक्षका अनुसार, जेम्सले जुनियर क्रिकेट लिग (जेसीएल)– सिजन २ को ट्रफी शुक्रबार जितेको छ । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा भएको फाइनलमा जेम्सले डिएभी ‘नीलो’ लाई ८ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको जेम्सले निर्धारित १० ओभरमा ४ विकेट गुमाउदै ७० रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा डिएभी ‘नीलो’ अलआउट […]

२९ साउन । जेम्सले जुनियर क्रिकेट लिग (जेसीएल)– सिजन २ को ट्रफी शुक्रबार जितेको छ । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा भएको फाइनलमा जेम्सले डिएभी ‘नीलो’ लाई ८ रनले पराजित गर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको जेम्सले निर्धारित १० ओभरमा ४ विकेट गुमाउदै ७० रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा डिएभी ‘नीलो’ अलआउट हुनुअघि ९.२ ओभरमा ७ विकेट क्षतिमा ६२ रनमा समेटियो । विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार हात पारे ।
एन्जल्स हार्ट नेसनल स्कुलद्वारा आयोजित प्रतियोगितामा डिएभी ‘नीलो’ का कमल साइ सर्वोत्कृष्ट प्रतिस्पर्धी खेलाडी घोषित भए । हिमालयन ह्वाइटहाउसका रिदम अधिकारी उत्कृष्ट बलर, डिएभी ‘नीलो’ का कमल साइ उत्कृष्ट ब्याट्सम्यान र आयोजक एन्जल्स हार्टका अभिषेक कठायत उदीयमान प्रतिस्पर्धी खेलाडी चुनिए ।
एन्जल्स स्पोर्ट्स एकेडेमीको व्यवस्थापन तथा एनपीएल टिम काठमाडौं गुर्खाजको सहयोगमा भएको प्रतियोगितामा मानसिंह धर्म माविले अनुशासित टिमको ट्रफी हात पार्यो ।
विजेतालाई काठमाडौं गुर्खाजका कार्यकारी निर्देशक अनुभव स्वार सिरोहिया, एन्जल्स हार्टका अध्यक्ष लीलबहादुर पुन, एन्जल्स हार्ट माविकका प्रिन्सिपल धनबहादुर पुन, आयोजक एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापा, एन्जल्स हार्ट स्पोर्ट्स एकेडेमीका अध्यक्ष खिम थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
टी– १० इन्डोर छात्र क्रिकेटमा २४ टिम सहभागी थिए ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।