नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण भदौ १९ देखि त्रिपुरेश्वरमा सुरु हुने
सार्वजनिक नयाँ तथ्य अनुसार, नेपाल भलिबल लिग (एनभीएल) आगामी भदौ १९ देखि २७ गतेसम्म आयोजना हुने भएको छ । आयोजक केडिया ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरुष फ्रेन्चाइज भलिबल लिग भदौ १९ गतेदेखि सञ्चालन हुने जनाएको हो । यसभन्दा अघिल्लो चरणमा प्रतिस्पर्धा भदौ १२ गतेदेखि थालनी हुने बताइए पनि आयोजकले आधिकारिक रूपमा मिति घोषणा गरेको थिएन […]

२९ साउन । नेपाल भलिबल लिग (एनभीएल) आगामी भदौ १९ देखि २७ गतेसम्म आयोजना हुने तय भएको छ ।
आयोजक केडिया ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरुष फ्रेन्चाइज भलिबल लिग भदौ १९ गतेदेखि सञ्चालन हुने जनाएको हो ।
यसभन्दा अघिल्लो चरणमा प्रतिस्पर्धा भदौ १२ गतेदेखि थालनी हुने बताइए पनि आयोजकले आधिकारिक रूपमा मिति घोषणा गरेको थिएन । अब भने प्रतिस्पर्धा भदौ १९ देखि २७ गतेसम्म सञ्चालन हुने निश्चित भएको छ ।
लिगमा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका लागि प्रतिस्पर्धी खेलाडी अक्सनसमेत समापन भइसकेको छ ।
नेपाल भलिबल लिग केडिया ग्रुपको आयोजनामा हुन लागेको पुरुष फ्रेन्चाइज भलिबल प्रतिस्पर्धा हो ।


पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।