उत्कृष्ट पुनरागमनपछि कप्तान सन्दीप लामिछाने चुनिए एसीसी प्रिमियर कपको ‘प्लेयर अफ द सिरिज’
प्राप्त पछिल्लो विशेष विवरण अनुसार, नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कप २०२६ मा सर्वोत्कृष्ट प्रतिस्पर्धी खेलाडी घोषित भएका छन् । नेपाललाई ट्रफी जिताउन बलिङमा महत्त्वपूर्ण भूमिका खेलेका उनले प्रतियोगितामा ६ खेलमा १७ विकेट लिए । सन्दीपले सर्वोत्कृष्ट खेलाडीको अवार्ड नेपालमा भएको बाढीको क्षतिबाट प्रभावित व्यक्तिहरूलाई समर्पित गरेका छन् । उनले पहिलो खेलमै बहराइनविरुद्ध ५ […]

२७ भदौ । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कप २०२६ मा सर्वोत्कृष्ट प्रतिस्पर्धी खेलाडी घोषित भएका छन् ।
नेपाललाई ट्रफी जिताउन बलिङमा महत्त्वपूर्ण भूमिका खेलेका उनले प्रतियोगितामा ६ खेलमा १७ विकेट लिए ।
सन्दीपले सर्वोत्कृष्ट खेलाडीको अवार्ड नेपालमा भएको बाढीको क्षतिबाट प्रभावित व्यक्तिहरूलाई समर्पित गरेका छन् ।
उनले पहिलो खेलमै बहराइनविरुद्ध ५ विकेट लिएका थिए । मलेसियाविरुद्ध १, साउदी अरेबिया विरुद्ध ३, हङकङविरुद्ध ४, सेमिफाइनलमा ओमान विरुद्ध ३ अनि फाइनलमा उनले १ विकेट लिए ।
नेपालले शनिबार भएको फाइनलमा यूएईलाई हराएर प्रिमियर कपको ट्रफी जितेको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।