अस्ट्रेलियन ब्याटर डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउने सम्भावना कति ?
पछिल्लो विकसित घटनाक्रम अनुसार, अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने चर्चा यतिबेला सामाजिक सञ्जालमा थालनी हुन थालेको छ । एक अस्ट्रेलियन स्रोतबाट प्राप्त जानकारी अनुसार वार्नर एनपीएल खेल्न आउने लगभग पक्का भइसकेको छ । उनले कुन टिमबाट खेल्ने भन्ने आधिकारिक जानकारी भने आउन बाँकी छ । सामाजिक […]

२७ भदौ । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने चर्चा यतिबेला सामाजिक सञ्जालमा थालनी हुन थालेको छ ।
एक अस्ट्रेलियन स्रोतबाट प्राप्त जानकारी अनुसार वार्नर एनपीएल खेल्न आउने लगभग पक्का भइसकेको छ । उनले कुन टिमबाट खेल्ने भन्ने आधिकारिक जानकारी भने आउन बाँकी छ ।
सामाजिक सञ्जालमा भने उनी काठमान्डु गोर्खाजबाट खेल्ने चर्चा छ । अस्ट्रेलियाको क्रिकेटिङ संस्था सिम स्ट्राइकले पनि वार्नरले एनपीएल खेल्ने भनेर पोस्ट नै राखेको छ । वार्नरले उक्त पोस्टमा लाइक पनि गरेका छन् ।
३९ वर्षीय वार्नरले अस्ट्रेलियाका लागि दुई ओडीआई विश्वकप, एक टी-२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप तीनवटै मुख्य प्रतिस्पर्धा विजयी बनेका छन् ।
वार्नरले सन् २०१५ र २०२३ को ओडीआई विश्वकप, सन् २०२१ को टी-२० विश्वकप र सन् २०२३ को विश्व टेस्ट च्याम्पियनसिप विजयी बनेका छन् ।
उनी अस्ट्रेलियाका लागि तीनवटै फर्म्याटमा शतक बनाउने प्रतिस्पर्धी खेलाडी पनि हुन् । वार्नरले टी-२०आईमा ११० खेल खेल्दा १ शतकसहित ३२०० भन्दा बढी रन बनाएका छन् ।
समग्र टी२० मा वार्नरले ४३९ खेलमा १० शतक र ११८ अर्धशतकसहित १४ हजार भन्दा बढी रन बनाएका छन् ।
उनले भारतको आईपीएल, अस्ट्रेलियाको बीबीएलसँगै पाकिस्तानको पीएसएल, इंग्ल्यान्डको द हन्ड्रेड, अमेरिकी मेजर लिग क्रिकेट, बंगलादेशको बीपीएल, क्यारेबियन सीपीएल, भाइटालिटी ब्लास्टमा खेलेका छन् ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।