राष्ट्रिय खेलकुदमा ट्रायथलन समावेश गराउने कसरत तीव्र, संघको नवौँ साधारण सभा सम्पन्न
पछिल्लो विकसित घटनाक्रम अनुसार, नेपाल ट्रायथलन संघको नवौँ वार्षिक साधारण सभा शनिबार समापन भएको छ। संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठको अध्यक्षतामा समापन सभामा मानार्थ अध्यक्ष गणेशमान पुन प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष विश्वशंकर पालिखे विशेष अतिथिका रूपमा सहभागी थिए । साधारण सभामा अध्यक्ष श्रेष्ठले दशौँ राष्ट्रिय खेलकुदमा ट्रायथलन समावेश नगरिएकोप्रति दुःख व्यक्त गर्दै सुर्खेतमा हुने प्रतियोगितामा […]

२७ भदौ । नेपाल ट्रायथलन संघको नवौँ वार्षिक साधारण सभा शनिबार समापन भएको छ। संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठको अध्यक्षतामा समापन सभामा मानार्थ अध्यक्ष गणेशमान पुन प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष विश्वशंकर पालिखे विशेष अतिथिका रूपमा सहभागी थिए ।
साधारण सभामा अध्यक्ष श्रेष्ठले दशौँ राष्ट्रिय खेलकुदमा ट्रायथलन समावेश नगरिएकोप्रति दुःख व्यक्त गर्दै सुर्खेतमा हुने प्रतियोगितामा ‘लेट इन्ट्री’ मार्फत खेललाई समावेश गराउन पहल भइरहेको जानकारी उपलब्ध गराए ।
उनले यसअघिका सबै राष्ट्रिय खेलकुदमा ट्रायथलन समावेश हुँदै आएको उल्लेख गर्दै प्राविधिक कारण देखाएर यसपटक बाहिर राखिनु दुःखद भएको जानकारी गराए । सरोकारवालासँग निरन्तर छलफल भइरहेको र ट्रायथलनलाई राष्ट्रिय खेलकुदमा समावेश गर्ने विषयमा सकारात्मक वातावरण रहेको उनको भनाइ थियो ।
अध्यक्ष श्रेष्ठले जापानको आइची–नागोयामा हुने आगामी एसियाली खेलकुदमा नेपालबाट प्रतिस्पर्धी खेलाडी सहभागी नहुने र टेक्निकल अफिसरका रूपमा चाहना शाह र पुष्परत्न वज्राचार्य मात्र रहने जानकारी पनि दिए ।
साधारण सभामा विश्व ट्रायथलन संघका अध्यक्ष एन्टोनियो एरिमानीले भिडियो सन्देशमार्फत नेपालमा हालै आएको बाढीपहिरोप्रति समवेदना व्यक्त गर्दै विश्व ट्रायथलन संघ नेपालको साथमा रहेको जानकारी गराए । अध्यक्ष श्रेष्ठका अनुसार बाढीपीडितको सहयोगका लागि विश्व ट्रायथलन संघले सहयोग गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ ।
कार्यक्रममा महासचिव युवराज सुनारले वार्षिक कार्यक्रम तथा आगामी योजना प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष निरज श्रेष्ठले आर्थिक वर्षको आय–व्यय विवरण पेश गरेका थिए ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।