विराटनगरमा क्रिकेट अम्पायर तथा स्कोररलाई लक्षित गरी रिफ्रेसर प्रशिक्षण सञ्चालन
प्राप्त पछिल्लो विशेष विवरण अनुसार, क्रिकेट अम्पायर्स एण्ड स्कोरर्स एसोसिएसन अफ नेपाल (कुसान) को आयोजनामा विराटनगरमा दुई दिने ‘अम्पायर्स रिफ्रेसर कोर्स’ गरिएको छ । नेपाली क्रिकेट अम्पायर्सका लागि नेपाल क्रिकेट संघ (क्यान) को विकास कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । शुक्रबार र शनिबार गरिएको प्रशिक्षण कार्यक्रममा देशभरका ५६ जना अम्पायरहरू सहभागी भएका थिए । कुशानका […]

२७ भदौ । क्रिकेट अम्पायर्स एण्ड स्कोरर्स एसोसिएसन अफ नेपाल (कुसान) को आयोजनामा विराटनगरमा दुई दिने ‘अम्पायर्स रिफ्रेसर कोर्स’ गरिएको छ ।
नेपाली क्रिकेट अम्पायर्सका लागि नेपाल क्रिकेट संघ (क्यान) को विकास कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरिएको हो ।
शुक्रबार र शनिबार गरिएको प्रशिक्षण कार्यक्रममा देशभरका ५६ जना अम्पायरहरू सहभागी भएका थिए । कुशानका अध्यक्ष मोहम्मद शफिक (समीर) खान अध्यक्षतामा समापन कार्यक्रममा क्यानका उपाध्यक्ष रोशन सिंह प्रमुख अतिथिको रूपमा उपस्थित थिए ।
कार्यक्रममा अम्पायरहरू बुद्धिबहादुर प्रधान, विनय कुमार झा, मोहम्मद शफिक र राम कैलाश यादवले सहजीकरण गरेका थिए ।
प्रशिक्षणले राष्ट्रिय तथा प्रादेशिक स्तरका प्रतियोगिताहरूमा अम्पायरहरूको फैसला क्षमता अझ प्रभावकारी बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।