क्यानडाका चर्चित बलर कलिम सनाले आसन्न एनपीएलमा चितवन राइनोजको जर्सी लगाउने
पछिल्लो विकसित घटनाक्रम अनुसार, क्यानडाका पेस बलर कलिम सनाले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्ने भएका छन् । चितवनले सामाजिक सञ्जालमार्फत सनालाई अनुबन्ध गरेको जानकारी दिएको हो । सना क्यानडा क्रिकेट टिमका मुख्य पेस बलर हुन् । सनाले क्यानडाका लागि टी-२०आईमा ४५ खेल खेल्दा ६५ विकेट लिएका छन् । ओडीआईमा ३३

२८ भदौ । क्यानडाका पेस बलर कलिम सनाले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्ने भएका छन् ।
चितवनले सामाजिक सञ्जालमार्फत सनालाई अनुबन्ध गरेको जानकारी दिएको हो । सना क्यानडा क्रिकेट टिमका मुख्य पेस बलर हुन् ।
सनाले क्यानडाका लागि टी-२०आईमा ४५ खेल खेल्दा ६५ विकेट लिएका छन् । ओडीआईमा ३३ खेलमा ५१ विकेट लिएका छन् ।
समग्र टी-२० मा सनाले ४९ खेलमा ६९ विकेट लिएका छन् । उनले ग्लोबल टी-२० लिग क्यानडा, पाकिस्तान सुपर लिग, आईएल टी-२० जस्ता फ्रेन्चाइज लिग खेलेका छन् ।
चितवनले यसभन्दा अघिल्लो चरणमा इंग्ल्यान्डका रवि बोपारालाई एकपछि अर्को गरी तेस्रो सिजन अनुबन्ध गर्दा जिम्बाबेका स्टार अलराउन्डर सिकन्दर राजालाई तेस्रो सिजनका लागि अनुबन्ध गरिसकेको छ ।
यसभन्दा अघिल्लो चरणमा दुई सिजन खेलेका सोहेल तनविर भने यसपटक प्रशिक्षकका रूपमा छन् ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।