विश्व टेस्ट च्याम्पियनसिपमा सुस्त ओभर गतिको जरिवाना : आईसीसीद्वारा पाकिस्तानको ११ महत्वपूर्ण अंक कटौती
घटनाक्रमको ताजा विवरण अनुसार, इंग्ल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा स्लो ओभर रेट कायम गरेको भन्दै पाकिस्तानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले दोहोरो सजाय दिएको छ । आईसीसीका अनुसार बर्मिङ्घमको एजबास्टन टेस्टमा पाकिस्तान निर्धारित समयभन्दा ११ ओभर पछाडि परेको थियो । तत्पश्चात खेलाडीको म्याच फीको ५० प्रतिशत जरिवाना लगाउनुका साथै विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) को ११

२९ भदौ । इंग्ल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा स्लो ओभर रेट कायम गरेको भन्दै पाकिस्तानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले दोहोरो सजाय दिएको छ ।
आईसीसीका अनुसार बर्मिङ्घमको एजबास्टन टेस्टमा पाकिस्तान निर्धारित समयभन्दा ११ ओभर पछाडि परेको थियो । तत्पश्चात खेलाडीको म्याच फीको ५० प्रतिशत जरिवाना लगाउनुका साथै विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) को ११ अंक पनि कमी गरिएको छ ।
एमिरेट्स आईसीसी एलिट प्यानलका म्याच रेफ्री रञ्जन मदुगल्लेले फिल्ड अम्पायर पल रेइफेल, क्रिस गाफ्नी, तेस्रो अम्पायर अल्लाहुद्दिन पालेकर र चौथो अम्पायर रसेल वारेनको प्रतिवेदनका आधारमा सजाय सुनाएका हुन् ।
आईसीसीको आचारसंहिताअनुसार निर्धारित ओभर पूरा गर्न नसके प्रत्येक ओभरका लागि खेलाडीको म्याच फीको ५ प्रतिशत जरिवाना लाग्छ, जसको अधिकतम सीमा ५० प्रतिशत हो । यस्तै, विश्व टेस्ट च्याम्पियनसिप नियमावलीअनुसार प्रत्येक ओभर कम भएबापत एक अंक कमी गरिन्छ ।
११ अंक गुमाएसँगै पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिपको अंकतालिकामा थप पछाडि धकेलिएको छ । टोली हालको अवस्थामा ४.६३ अंक प्रतिशतसहित नवौं स्थानमा रहेको छ ।
पाकिस्तानले डब्लुटीसीअन्तर्गत आफ्नो अर्को शृङ्खला नोभेम्बरमा श्रीलंकाविरुद्ध खेल्नेछ । दुई टेस्टको उक्त शृङ्खला रावलपिन्डी र लाहोरमा आयोजना हुनेछ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।