विवादित निलम्बन फुकुवाको माग राख्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) विरुद्ध एन्फाले धर्ना दिने घोषणा
घटनाक्रमको ताजा विवरण अनुसार, अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले निलम्बन फुकुवाका लागि ज्ञापनपत्रसहित धर्ना दिने भएको छ । एन्फा कर्मचारी, रेफ्री, प्रशिक्षकसहितको टोलीले मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा धर्ना दिने कार्यक्रम रहेको महासचिव किरण राईले अवगत गराए । ‘एन्फा निलम्बन फुकुवासँग सम्बन्धित कुराहरू छ । साफ गेम अब

२९ भदौ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले निलम्बन फुकुवाका लागि ज्ञापनपत्रसहित धर्ना दिने भएको छ ।
एन्फा कर्मचारी, रेफ्री, प्रशिक्षकसहितको टोलीले मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा धर्ना दिने कार्यक्रम रहेको महासचिव किरण राईले जानकारी उपलब्ध गराए ।
‘एन्फा निलम्बन फुकुवासँग सम्बन्धित कुराहरू छ । साफ गेम अब खेल्न पाउने नपाउने भन्ने छ । ती विषयलाई लिएर फुटबलको समस्या समाधानका लागि ज्ञापनपत्र बुझाउँदै छौं’ महासचिव राईले सोसल साउटसँग भने ।
ज्ञापनपत्र बुझाएपछि राखेप परिसरमा एक घन्टा धर्ना दिने र तत्पश्चात पत्रकार सम्मेलन गर्ने एन्फाको गृहकार्य छ । एन्फाले कर्मचारीहरूसँगको छलफलपछि ज्ञापनपत्रसहित धर्ना कार्यक्रम तय गरेको हो ।
तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत १० असारमा एन्फालाई निलम्बन गरेको थियो । जसले नेपाली फुटबल शून्य अवस्थामा छ ।
फुकुवाका लागि सरकारले कुनै पनि पहल नगरेको एन्फा नेतृत्वको दाबी छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।