कप्तान रोहितको सशक्त अर्धशतक र करणको आक्रामक ब्याटिङ : ओमानसामु नेपालद्वारा २६४ रनको चुनौती प्रस्तुत
सम्बन्धित निकायबाट प्राप्त सूचना अनुसार, रोहित पौडेलको अर्धशतक तथा करण केसीको आक्रामक फिनिसिङ मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत भइरहेको ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा ओमानलाई २६४ रनको लक्ष्य दिएको छ । अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको

२७ असोज । रोहित पौडेलको अर्धशतक तथा करण केसीको आक्रामक फिनिसिङ मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत भइरहेको ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा ओमानलाई २६४ रनको लक्ष्य दिएको छ ।
अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको हो ।
रोहितले सर्वाधिक ६१ रन बनाए । ६७ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । करण केसीले अन्त्यतिर १६ बलमा ४० रनको आक्रामक पारी खेले ।
करण केसीले ४९औं ओभरमा हस्नेन शाहलाई एकपछि अर्को गरी तीन छक्का प्रहार गरे भने अन्तिम ओभरमा शाह फेसललाई पनि एक छक्का प्रहार गरे ।
अर्जुन कुमालले ४०, बसिर अहमद र इशान पान्डेले समान ३७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए ।
ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले २-२ विकेट लिए भने हस्नेन शाहले १ विकेट लिए ।
लिग २ अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौं स्थानमा छ भने ओमान २९ खेलबाट ३३ अंकसहित चौथो तथा क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौंमा छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।