नेपालमा पहिलोपटक ह्विलचेयर रग्बी विकास प्रशिक्षणको भव्य थालनी, खेलाडी क्षमता अभिवृद्धिमा जोड
पछिल्लो प्रतिवेदन अनुसार, नेपालमा पहिलोपटक ह्विलचेयर रग्बीको विकास तथा खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम थालनी भएको छ । ह्विलचेयर रग्बी संघ नेपालको आयोजना तथा बीआईए इन्स्टिच्युट र नेपाल रग्बी संघको सहकार्यमा मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा ‘ह्विलचेयर रग्बी विकास प्रशिक्षण २०२६’ थालनी भएको हो । तीन दिनसम्म सञ्चालन

२७ असोज । नेपालमा पहिलोपटक ह्विलचेयर रग्बीको विकास तथा खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सुरुवात भएको छ ।
ह्विलचेयर रग्बी संघ नेपालको आयोजना तथा बीआईए इन्स्टिच्युट र नेपाल रग्बी संघको सहकार्यमा मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा ‘ह्विलचेयर रग्बी विकास प्रशिक्षण २०२६’ थालनी भएको हो ।
तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा नेपालका १४ प्रतिस्पर्धी खेलाडी सहभागी छन् । प्रशिक्षण हरेक दिन दिउँसो २ देखि ५ बजेसम्म सञ्चालन हुनेछ।
प्रशिक्षणका लागि अमेरिकी ह्विलचेयर रग्बी प्रशिक्षक माइकल स्टिभ केयरलीको नेतृत्वमा पाँच सदस्यीय टोली नेपाल आएको छ। टोलीमा मेरुदण्डको चोट पुनःस्थापनासम्बन्धी विशेषज्ञ डा. जेफ्री क्रेग बर्लिनर र अमेरिकी ह्विलचेयर रग्बी प्रतिस्पर्धी खेलाडी लोगन डिन फुलर पनि छन्।
प्रशिक्षणमा नेपालका कृष्ण थापा र श्रीराम श्रेष्ठ प्रशिक्षकका रूपमा सहभागी छन्। यसबाहेक, अन्तर्राष्ट्रिय रेफ्री प्रेम कोइरालाको पनि सहभागिता छ। कार्यक्रमका लागि नेपाल रग्बी संघले प्रशिक्षक तथा रेफ्री व्यवस्थापनमा सहयोग गरेको आयोजकले जनाएको छ।
प्रशिक्षणमा ह्विलचेयर सञ्चालन, खेल कौशल, रणनीति, शारीरिक क्षमता विकास, चोटपटक रोकथाम तथा स्वास्थ्य र पुनःस्थापनासम्बन्धी विषयमा प्रशिक्षण दिइनेछ।
नेपालमा ह्विलचेयर रग्बीको आधार बलियो बनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले खेलाडीको सीप र क्षमता विकास गर्नुका साथै नेपाली खेलाडीलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने बाटो तयार गर्न सहयोग पुग्ने आयोजकको आशा तथा विश्वास छ।




पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।