फाइनलमा मैनावती फुटबल क्लबले सुनुवार राष्ट्रसेवक कपको प्रतिष्ठित उपाधि चुम्यो
प्राप्त पछिल्लो विशेष विवरण अनुसार, बुधबार भएको फाइनल खेलमा लोकतान्त्रिक किरात सुनुवार संघ नेपाललाई ४–२ ले पराजित गर्दै क्लबले दोस्रो संस्करणको ट्रफी उचालेको हो ।

दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिताको ट्रफी मैनावती फुटबल क्लब धनुषाले जितेको छ । बुधबार भएको फाइनल खेलमा लोकतान्त्रिक किरात सुनुवार संघ नेपाललाई ४–२ ले पराजित गर्दै क्लबले दोस्रो संस्करणको ट्रफी उचालेको हो ।
उपाधिसँगै मैनावती क्लबले नगद ५५ हजार ५५५ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो स्थान हासिल गर्ने लोकतान्त्रिक किरात सुनुवार संघले २९ हजार ५५५ र साब्राली सुनुवार समाज तेस्रो स्थान हासिल गर्दै १५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
यसबाहेक प्रतियोगतामा सर्वाधिक गोलकर्ताको पुरस्कार लोकतान्त्रिक किरात सुनुवार सङ्घका भीम सुनुवारले प्राप्त गरेका छन् । उनले व्यक्तिगत ७ गोल गर्दै प्रतियोगिताकै सर्वाधिक गोल गर्ने प्रतिस्पर्धी खेलाडी बनेका हुन् । यसबाहेक उत्कृष्ट गोल रक्षकको अवार्ड मैनावती फुटबल क्लबका अश्वित सुनुवारले प्राप्त गरे भने प्रतियोगिताको उदयीमान खेलाडीको अवार्ड मैनावती फुटबल क्लबका प्रतिस्पर्धी खेलाडी गुण्डास सुनुवारले प्राप्त गरे ।
राष्ट्रसेवामा सुनुवार राष्ट्र सेवक, राष्ट्र निर्माणमा सुनुवार राष्ट्रसेवक भन्ने मूल नाराका साथ सुनुवार राष्ट्रसेवक समाज, काठमाडौंको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा ३२ टिम सहभागि भएका थिए ।
आयोजक संस्थाका अध्यक्ष अमरदीप सुनुवारले खेलाडीलाई आफ्नो खेलकौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै समुदायकाबीच आपसी सद्भाव, समन्वय, सहकार्य र साझेदारी गर्दै सम्बन्ध विस्तारमा समेत योगदान र्पुयाउने उद्देश्यले आयोजना गरेका जानकारी गराए ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।