एनपीएलमा चम्किए घरेलु खेलाडी : जनकपुरका युवा ब्याटर तृतराज दासको अर्धशतक
सोसल साउट समाचार कक्षका अनुसार, त्रिवि क्रिकेट मैदानमा जारी पोखरा एभेन्जर्सविरुद्धको खेलमा तृतले ४९ बलमा अर्धशतक बनाएका हुन् ।
Social Shout
२०८३ कार्तिक १५ गते १८:२०
(अन्तिम अपडेट: २०८३ कार्तिक २७ गते १८:५८)
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सका ओपनर तृतराज दासले अर्धशतक पूरा गरेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी पोखरा एभेन्जर्सविरुद्धको खेलमा तृतले ४९ बलमा अर्धशतक बनाएका हुन् ।
उनले ६ चौका र एक छक्का प्रहार गरे । टस हारेर ब्याटिङ थालेको जनकपुरले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर १०१ रन बनाएर खेलिरहेको छ । जनकपुरका मोइन अली २१, सैफ हस एक, कप्तान हर्मीत सिंह ९ र अनिलकुमार शाह ९ रनमा आउट भइसकेका छन् ।
सम्बन्धित विषय:#एनपीएल

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।