चितवन राइनोजको कप्तानी लुक राइटलाई, उपकप्तान कुशल मल्ल पुनः बेन्चमै सीमित
पछिल्लो विकसित घटनाक्रम अनुसार, राष्ट्रिय टिमको खेल रहेकोले राजा चितवनका लागि सुरुका दुई खेलमा उपलब्ध भएनन् ।

सिकन्दर राजा आइतबार राति अफगानिस्तान विरुद्धको टी२० सिरिजमा जिम्बावेको राष्ट्रिय टिमका कप्तानी गरिरहेका थिए । यूएईको सारजहामा भएको उक्त खेलमा जिम्बावे अफगानिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।
अफगानिस्तानले तीन खेलको टी-२० सिरिजन ३-० ले जितेको थियो । नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो सिजनका लागि उनी चितवन राइनोजमा अनुबन्ध भएका थिए । राष्ट्रिय टिमको खेल रहेकोले राजा चितवनका लागि थालनी दुई खेलमा उपलब्ध भएनन् । चितवनको नियमित कप्तान मार्की प्रतिस्पर्धी खेलाडी कुशल मल्ल भए पनि तेस्रो सिजनको सुरुवाती दुई खेलमा इंग्लयान्डका भेट्रान अलराउण्डर रवि बोपाराले कप्तानी गरेका थिए ।
यद्यपि तेस्रो खेलअघि टसका क्रममा चितवनको कप्तानको रुपमा सिकन्दर राजा क्रिजमा पुगे । बोपारा पहिलो रोजाईँमा रहे पनि चितवनको कप्तानी राजाले गरेका हुन् । एनपीएलमा चितवनका लागि डेब्यु खेलमै राजाले कप्तानी गरेका छन्।
आइतबार रातिसम्म राष्ट्रिय टिमका लागि खेलिरहेका राजा सोमबार नै नेपाल आएर चितवनको नेतृत्व गर्दैछन् । उनी सोमबार बिहान काठमाडौं आइपुगेका हुन् । यसभन्दा अघिल्लो चरणमा चितवनले बिहीबार विराटनगरविरुद्ध पहिलो खेल खेल्दा पनि पाकिस्तान खेलाडीको एनओसी विवादका कारण डाविड मालानसहित डान मोस्ली र टम टेलरले त्यही दिन बिहान नेपाल आएर दिउँसो खेल खेलेका थिए ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।