न्युजिल्यान्डको गुप्तचर निकायले लगाएको जासुसीको आरोप बेइजिङद्वारा कडा रूपमा अस्वीकार
सार्वजनिक नयाँ तथ्य अनुसार, न्युजिल्यान्डको जासुसी निकायले चीनले आफ्नो भूमिमा व्यापक जासुसी गतिविधि सञ्चालन गरिरहेको लाञ्छना लगाएपछि चीनले त्यसलाई आधारहीन भन्दै कडा आपत्ति सार्वजनिक गरेको रहेको तथ्य सार्वजनिक भएको छ।

२९ साउन । न्युजिल्यान्डको जासुसी निकायले चीनले आफ्नो भूमिमा व्यापक जासुसी गतिविधि सञ्चालन गरिरहेको लाञ्छना लगाएपछि चीनले त्यसलाई आधारहीन भन्दै कडा आपत्ति सार्वजनिक गरेको छ ।
वेलिङ्टनस्थित चिनियाँ दूतावासले शुक्रबार न्युजिल्यान्डको लाञ्छना चीन–न्युजिल्यान्ड सम्बन्धलाई कमजोर बनाउने प्रयास भएको बताएको छ ।
न्युजिल्यान्ड सुरक्षा गुप्तचर सेवाले यसै साता सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा चीनले न्युजिल्यान्डविरुद्ध ‘व्यापक रूपमा’ जासुसी गतिविधि सञ्चालन गरिरहेको चेतावनी दिएको थियो।
प्रतिवेदनले चिनियाँ जासुसले व्यावसायिक सञ्जालका माध्यमबाट राज्यका गोप्य सूचनामा पहुँच भएका न्युजिल्यान्डका नागरिकलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेको समेत जनाएको थियो।
जवाफमा चिनियाँ दूतावासका प्रवक्ताले जासुसी निकाय चीनविरुद्ध ‘लाञ्छना र निन्दाको लहर’ चलाउने अभियानको हिस्सा बनेको लाञ्छना लगाएका छन्।
उनले चीनविरुद्ध लगाइएका आरोपले सामान्य आदानप्रदान र सहयोगलाई जासुसी वा हस्तक्षेपका रूपमा चित्रण गरेको तथा कतिपय लाञ्छना पूर्ण रूपमा आधारहीन रहेको बताए।
चिनियाँ दूतावासले न्युजिल्यान्डभित्र तथा बाहिर रहेका केही शक्तिले चीन–न्युजिल्यान्ड सम्बन्ध राम्रो दिशामा अघि बढेको देख्न नचाहेकोसमेत लाञ्छना लगाएको छ।
यो प्रतिक्रिया न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्सले चिनियाँ मूलका एक सांसदलाई आफ्नो देश फर्किन आग्रह गरेको विषयमा चीनले औपचारिक विरोध जनाएको केही सातापछि आएको हो।
दूतावासले शुक्रबार न्युजिल्यान्डका केही अज्ञात समूह तथा व्यक्तिले चीनविरोधी शक्तिका लागि ‘चीनविरोधी शक्तिलाई सहयोग गरिरहेको’ आरोपसमेत लगाएको छ।
न्युजिल्यान्डको जासुसी निकायले चीनसँग सम्बन्धित अर्को गतिविधिबारे पनि चेतावनी दिएको छ। उसका अनुसार चिनियाँ सेनासँग सम्बन्धित पर्पल माउन्टेन वेधशालाले न्युजिल्यान्डमा गोप्य रूपमा भू–आधारित अन्तरिक्ष पूर्वाधार स्थापना गर्ने प्रयास गरेको थियो।
जासुसी निकायका अनुसार उक्त परियोजनामा संलग्न न्युजिल्यान्डको एक स्थानीय कम्पनीलाई नाम नखुलाइए पनि त्यसबाट सैन्य महत्त्वका सूचना सङ्कलन गर्न सकिने सम्भावनाबारे जानकारी नभएको हुन सक्ने बताइएको छ।
प्रतिवेदनले पर्पल माउन्टेन वेधशालाले न्युजिल्यान्डमा आफ्नै भू–आधारित अन्तरिक्ष पूर्वाधार स्थापना गर्न खोजेको यो पहिलो घटना नभएको र भविष्यमा पनि त्यस्तो प्रयास हुन सक्ने चेतावनी दिएको छ।
चीन र न्युजिल्यान्डबीच वाणिज्य कारोबार तथा अन्य क्षेत्रमा सहकार्य रहँदै आए पनि पछिल्लो समय सुरक्षा र सम्भावित विदेशी हस्तक्षेपका विषयमा दुवै देशबीच मतभेद बढ्दै गएको देखिएको छ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।