अटोमोबाइल बजारमा प्रोटोनको ऐतिहासिक सफलता : पछिल्लो पाँच महिनामै बिक्री गर्यो ८४ हजारभन्दा बढी गाडी
सार्वजनिक नयाँ तथ्य अनुसार, अग्रणी अटोमोबाइल कम्पनी प्रोटोनले सन् २०२६ को पाँच महिनामा ८४ हजार २९४ युनिट आफ्ना सवारीसाधन बिक्री गरेको छ । यससागै विश्व बजारमा आफ्नो उपस्थिति झनै मजबुद भएको कम्पनीले सार्वजनिक गरेको छ । उक्त अवधिमा भएको ब्रिक्री समग्र बजारमा भइरहेका अन्य कम्पनीको भन्दा उच्च रहेको कम्पनीको दाबी छ । प्रोटोनका विभिन्न मोडेलहरूले आ–आफ्ना […]

अग्रणी अटोमोबाइल कम्पनी प्रोटोनले सन् २०२६ को पाँच महिनामा ८४ हजार २९४ युनिट आफ्ना सवारीसाधन बिक्री गरेको छ ।
यससागै विश्व बजारमा आफ्नो उपस्थिति झनै मजबुद भएको कम्पनीले सार्वजनिक गरेको छ । उक्त अवधिमा भएको ब्रिक्री समग्र बजारमा भइरहेका अन्य कम्पनीको भन्दा उच्च रहेको कम्पनीको दाबी छ ।
प्रोटोनका विभिन्न मोडेलहरूले आ–आफ्ना वर्गमा अग्रस्थान कायम राख्न सफल भएका छन् । प्रोटोन एक्स–५०, प्रोटोन एक्स–९० ले आफ्नो एसयूभी वर्गमा अग्रणी नेतृत्व कायम राखेको कम्पनीले सार्वजनिक गरेको छ ।
योसँगै विद्युतीय सवारीसाधनतर्फ प्रोटोन ई–मासले मलेसियाको विद्युतीय (ईभी) तथा प्लग इन हाइब्रिड (पीएचईभी) बजारमा आफ्नो स्थान अझै बलियो बनाएको हो ।
कम्पनीले मलेसियाली उपभोक्ताप्रति आभार व्यक्त गरेको छ । साथै, निरन्तर विश्वास, समर्थन र साथले सफलता सम्भव भएको कम्पनीको दाबी रहेको छ ।
नेपालमा भने प्रोटोन ई–मास जगदम्बा मोटर्स प्रालिअन्तर्गत रहेको छ ।
प्रोटोन इमासले नेपालभर आफ्नो उपस्थितिलाई अझ सुदृढ गर्दै, दिगो नवप्रवर्तन, ग्राहक सन्तुष्टि र अत्याधुनिक ईभी प्रविधिमा आफ्नो मिसन अघि बढाइरहेको सार्वजनिक गरेको छ ।
मलेसियामा मुख्य कम्पनी रहेको प्रोटोन एन्गोला, अस्ट्रेलिया, बंगलादेश, ब्रुनाई, इजिप्ट, रिपब्लिक अफ फिजि, इराक, जोर्डन, केन्या, मौरिसस, मोजाम्बिक, नेपाल, पाकिस्तान, पपुवा न्यू गिनि, साउथ अफ्रिका, त्रिनिडाडमा विस्तार भइसकेको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।