कृषि मन्त्रालयको राष्ट्रिय प्रणालीमा देशभरका २६ लाख कृषकहरूको सूचीकरण कार्य सम्पन्न
पछिल्लो विकसित घटनाक्रम अनुसार, कृषक सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख कृषक आबद्ध भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधारमा कृषकहरूलाई सूचीकरण गरेको हो ।

कृषक सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख कृषक आबद्ध भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधारमा कृषकहरूलाई सूचीकरण गरेको हो ।
विद्युतीय प्रणालीमार्फत सूचीकृत गरी कृषकहरूलाई चार तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्यअनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी उपलब्ध गराए ।
उनका अनुसार मन्त्रालयले निर्वाहमुखी कृषक, साना कृषक, मझौला कृषक र ठूला कृषक गरी चारप्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ । वर्गीकरणपश्चात् कृषकहरूलाई परिचयपत्र वितरण गरिने पुष्टि गरिएको छ ।
सरकारले कृषकहरूलाई परिचयपत्रका आधारमा अनुदानसहित रासायनिक मल, बीउ, वित्तीय सहायता, सेवा व्यवस्थापनलगायत सुविधासहित उपलब्ध गराउने सार्वजनिक गरेको छ । कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजारको सङ्ख्या रहेकाले बाँकी १५ लाखभन्दा बढी कृषकहरूलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको छ ।
केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन कृषकहरूलाई आह्वानसमेत गरेको छ । सूचीकरण कार्यक्रमलाई व्यवस्थित बनाउन देशभर स्थानीय तहसँग समन्वय गरी किसानको प्रमाणीकरण गरी तथ्याङ्क सङ्कलन गरिएको छ । रासस

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।