नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ५ जनाको नाम सर्टलिस्ट
पछिल्लो प्रतिवेदन अनुसार, १९ असोज काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि चार जनालाई संक्षिप्त सूची (सर्ट लिस्ट)मा परेका छन् । नेप्से सीईओका लागि आवेदन दिएका आठ जनामध्ये चार जनालाई छनौट तथा सुझाव पेस समितिले सुझाव पेस गरेको हो । सुझाव पेस समितिले १२ साउनमा पदपूर्तिसम्बन्धी सूचना जारी गरेको थियो । तोकिएको म्याद

१९ असोज काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि चार जनालाई संक्षिप्त सूची (सर्ट लिस्ट)मा परेका छन् । नेप्से सीईओका लागि आवेदन दिएका आठ जनामध्ये चार जनालाई छनौट तथा सुझाव पेस समितिले सुझाव पेस गरेको हो ।
सुझाव पेस समितिले १२ साउनमा पदपूर्तिसम्बन्धी सूचना जारी गरेको थियो । तोकिएको म्याद भित्र आठजना उम्मेदवारले आवेदन पेस गरेकोमा उनीहरुलाई अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि बोलाइएको हो । छनोट समितिले अनिलराज पौडेल, नवराज सापकोटा, नारायण प्रसाद सापकोटा र प्रताप सुवेदीलाई सर्ट लिस्टमा छनोट गरेको हो । चारै जनाको अन्तर्वार्ता तथा प्रस्तुतीकरण २३ असोजमा हुने छनोट समितिले सार्वजनिक गरेको छ ।
नेप्सेका तत्कालीन सीईओ चूडामणि चापागाईले २२ असारमा पदत्याग दिएपछि सो पद खाली छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।