ओपन एआईको वित्तीय आम्दानी अनुमानभन्दा कमजोर देखिएपछि वाल स्ट्रिट सेयर बजारमा मन्दी
सोसल साउट समाचार कक्षका अनुसार, च्याटजीपीटी निर्माता ओपन एआईको वार्षिक आम्दानी आशा तथा विश्वास गरिएभन्दा कम रहेको खबरपछि अमेरिकी सेयर बजारमा गिरावट आएको छ । ओपन एआईको वार्षिक आम्दानी यसभन्दा अघिल्लो चरणमा सार्वजनिक भएको विवरणभन्दा करिब २० अर्ब डलर कम रहेको खबर सार्वजनिक भएको थियो सोही खबरको प्रभावका कारण अमेरिकी सेयर बजारमा प्रविधि कम्पनीका सेयर मूल्यमा गिरावट आएको फाइनान्सियल टाइम्सले

२३ असोज । च्याटजीपीटी निर्माता ओपन एआईको वार्षिक आम्दानी आशा तथा विश्वास गरिएभन्दा कम रहेको खबरपछि अमेरिकी सेयर बजारमा गिरावट आएको छ । ओपन एआईको वार्षिक आम्दानी यसभन्दा अघिल्लो चरणमा सार्वजनिक भएको विवरणभन्दा करिब २० अर्ब डलर कम रहेको खबर सार्वजनिक भएको थियो
सोही खबरको प्रभावका कारण अमेरिकी सेयर बजारमा प्रविधि कम्पनीका सेयर मूल्यमा गिरावट आएको फाइनान्सियल टाइम्सले सार्वजनिक गरेको छ ।
सअघि सञ्चारमाध्यमहरूले लगानीकर्ताबाट प्राप्त सूचनाका आधारमा कम्पनीको वार्षिक आम्दानी ७० अर्ब डलर पुगेको उल्लेख गरेका थिए । यद्यपि ओपन एआईले आफैंले हालै लगानीकर्तालाई आफ्नो वार्षिक आम्दानी ५० अर्ब डलरको नजिक पुगेको जानकारी दिएको थियो ।
पहिले सार्वजनिक विवरणभन्दा ओपन एआई आफैंले सार्वजनिक गरेको विवरणमा करिब २० अर्ब डलरको फरक देखिएपछि बिहीबार अमेरिकी सेयर बजारमा प्रविधि कम्पनीहरूको बाहुल्य रहेको नास्डाक कम्पोजिट परिसूचक १.२५ प्रतिशतले घटेको सीएनएनले सार्वजनिक गरेको छ । यो अगस्टको मध्ययताकै सबैभन्दा ठूलो एकदिने गिरावट हो ।
एसएन्डपी ५०० परिसूचक पनि ०.५ प्रतिशतले घटेको छ । बजार खुलेदेखि नै गिरावट देखिएको थियो ।
आम्दानीसम्बन्धी खबरपछि एआई पूर्वाधार निर्माणमा संलग्न सेमिकन्डक्टर चिप निर्माता, क्लाउड सेवा प्रदायक र अन्य प्रविधि कम्पनीका सेयरसमेत घटेका छन् । एनभिडियाको सेयर २.९ प्रतिशत, इन्टेलको ५.३ प्रतिशत र ओराकलको ५.५ प्रतिशतले घटेको छ ।
एआईको मागले ओपनएआई र एन्थ्रोपिकजस्ता कम्पनीलाई नाफामा पुर्याउन सक्छ कि सक्दैन भन्ने प्रश्न यसभन्दा अघिल्लो चरणमा नै उठ्दै आएको थियो ।
एन्थ्रोपिकको आम्दानी गणनामा क्लाउड सेवा प्रदायकबाट प्राप्त कुल आम्दानी समावेश हुने भए पनि ओपन एआईको गणना खुद आम्दानीका आधारमा गरिने बताइएको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।