अमेरिकी डलरसहित प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको विनिमय दरमा तीव्र वृद्धि
पछिल्लो विकसित घटनाक्रम अनुसार, नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्यांकसहित अधिकांश विदेशी मुद्राको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा छ । हिजो अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ६१ पैसा […]

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्यांकसहित अधिकांश विदेशी मुद्राको भाउ बढेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा छ । हिजो अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा थियो ।
आज युरोपियन युरो एकको खरिद दर १७० रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९९ पैसा छ । हिजो युरो एकको खरिददर १६९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा थियो ।
आज पाउन्ड स्टर्लिङ एकको खरिद दर २०२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६५ पैसा छ । हिजो पाउन्ड स्टर्लिङ एकको खरिद दर २०२ रुपैयाँ ७६ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५६ पैसा थियो ।
राष्ट्र बैंकका अनुसार आज स्वीस फ्र्यांक एकको खरिददर १८४ रुपैयाँ ३ पैसा र बिक्रीदर १८४ रुपैयाँ ७६ पैसा छ । हिजो स्वीस फ्र्यांक एकको खरिददर १८३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४९ पैसा थियो ।
आज अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४० पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९ पैसा थियो ।
आज क्यानेडियन डलरको भाउ पनि बढेको छ । आज क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८८ पैसा छ । हिजो क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६९ पैसा थियो ।
सिंगापुर डलरको भाउ हिजो घटेकोमा आज भने बढेको छ । आज सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ २३ पैसा तोकिएको छ । हिजो सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ ७ पैसा तोकिएको थियो ।
हेर्नहोस् आजको विदेशी मुद्राको विनिमय दर


पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।