एउटा निर्वाचनको जनादेशलाई देखाएर सरकारले अत्यधिक दम्भ नदेखाउन संसद्मा सांसद कमला पन्तको चेतावनी
घटनाक्रमको ताजा विवरण अनुसार, नेपाली कांग्रेसकी सांसद कमला पन्तले निर्वाचनको मतलाई मात्र राजनीतिक वैधताको आधार मान्न नहुने भन्दै एकपटक प्राप्त मतका आधारमा दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएकी छन् । राष्ट्रिय सभाको बिहीबारको छलफल सत्रमा बोल्दै सांसद पन्तले यस्तो चेतावनी दिएकी हुन् । उनले प्रधानमन्त्रीले सीमाको विषयमा दिएको अभिव्यक्तिको विषयमा प्रधानमन्त्री स्वयंको धारणा आउनुपर्नेमा जोड दिइन् । […]

नेपाली कांग्रेसकी सांसद कमला पन्तले निर्वाचनको मतलाई मात्र राजनीतिक वैधताको आधार मान्न नहुने भन्दै एकपटक प्राप्त मतका आधारमा दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएकी छन् ।
राष्ट्रिय सभाको बिहीबारको छलफल सत्रमा बोल्दै सांसद पन्तले यस्तो चेतावनी दिएकी हुन् ।
उनले प्रधानमन्त्रीले सीमाको विषयमा दिएको अभिव्यक्तिको विषयमा प्रधानमन्त्री स्वयंको धारणा आउनुपर्नेमा जोड दिइन् ।
उनले आपसी सहकार्य, एकता र सहमतिका आधारमा मुलुक अघि बढाउन समेत सत्तारुढ दल रास्वपालाई आग्रह गरिन् ।
उनले सभाको संवैधानिक र राजनीतिक जिम्मेवारी निर्वाह गर्न आफूहरू तयार रहेको उल्लेख सभाप्रति सरकार उत्तरदायी हुनुपर्ने बताइन् ।
उनले भनिन्, ‘राष्ट्रिय सभाको भिन्न जिम्मेवारी छ, त्यो जिम्मेवारी निर्वाह गर्न हामी तयार छौँ । यद्यपि हामीसँग रहेको प्रधानमन्त्रीप्रतिको आग्रह मेटियो भनेर भन्न सक्दैनौँ । निर्वाचनबाट प्राप्त मतबाट मात्र राजनीतिले छुकटकारा पाउँदैन । गाली गर्न सजिलो छ, भूमिका निर्वाह गर्न अत्यन्त गाह्रो छ । निर्वाचनबाट राजनीतिक दलहरुले धेरै मत प्राप्त गरेको हाम्रो इतिहास पनि छ । एक चोटी पाएको मतले धेरै दम्भ देखाउनुपर्ने जरुरी पनि छैन । माइक भेटेपछि धेरै कुरा गरिहाल्नुपर्छ भन्ने पनि छैन । त्यसरी सरकार चलाउन गाह्रो पनि पर्छ । नेपालजस्तो मुलुकले सहकार्य, एकता र सहमतिको आधारमा अगाडि बढ्नुपर्छ ।’
उनले सरकारले गर्ने सकारात्मक कार्यहरुमा सहयोग गर्न प्रतिपक्षी दलहरू तयार रहेको भन्दै नतर्सिन समेत आग्रह गरिन् ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।