एसईई पुनर्योगको नतिजा सार्वजनिक : गुल्मीका थप दुई मेधावी विद्यार्थीले प्राप्त गरे ४ जीपीए
सम्बन्धित निकायबाट प्राप्त सूचना अनुसार, माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को पुनर्योग (रि–टोटलिङ) नतिजापछि गुल्मीमा थप दुई जना विद्यार्थीले ४ जीपीए पाएका छन् । पुनर्योगपछि तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयका विशाल बिक र विश्वास थापाले ४ जीपीए प्राप्त गरेका हुन् । यससँगै जिल्लाका रेम्बो इङ्ग्लिस बोर्डिङ स्कुलबाट २ जना, महेन्द्र माध्यमिक विद्यालयबाट १ जना, रिडी माध्यमिक विद्यालयबाट […]

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को पुनर्योग (रि–टोटलिङ) नतिजापछि गुल्मीमा थप दुई जना विद्यार्थीले ४ जीपीए पाएका छन् ।
पुनर्योगपछि तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयका विशाल बिक र विश्वास थापाले ४ जीपीए प्राप्त गरेका हुन् ।
यससँगै जिल्लाका रेम्बो इङ्ग्लिस बोर्डिङ स्कुलबाट २ जना, महेन्द्र माध्यमिक विद्यालयबाट १ जना, रिडी माध्यमिक विद्यालयबाट १ जना, रेसुङ्गा माध्यमिक विद्यालयबाट १ जना, शारदा माध्यमिक विद्यालयबाट १ जना विद्यार्थीले पनि ४ जीपीए हासिल गरेका छन् । विद्यालयहरूले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई बधाई तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेका छन् ।
पुनर्योगबाट नतिजा सुधार भएसँगै विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारमा खुसी छाएको छ । उत्कृष्ट नतिजाले विद्यालयहरूको शैक्षिक गुणस्तर तथा विद्यार्थीको मेहनतलाई थप पुष्टि गरेको सरोकारवालाहरूले उल्लेख गरेका छन् ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।