भारततर्फ तस्करी गर्न लागिएको ३९ बोरा बहुमूल्य जडीबुटी झ्याउसहित दार्चुलामा चार जना पक्राउ
पछिल्लो विकसित घटनाक्रम अनुसार, दार्चुलामा नेपालबाट भारततर्फ अवैधरूपमा निकासी गर्न लागिएको ठूलो परिमाणको झ्याउ सुरक्षा संयन्त्रले बरामद गरेको छ । विशेष सूचनाका आधारमा दुहुँ गाउँपालिका–३ कालीगाडस्थित महाकाली नदी किनार क्षेत्रबाट ३९ बोरा झ्याउ बरामद गरिएको सुरक्षा संयन्त्रले सार्वजनिक गरेको छ । अवैध झ्याउ ओसारपसार गरिरहेको अवस्थामा चार जना स्थानीयलाई पनि सुरक्षा संयन्त्रले सुरक्षा नियन्त्रणमा गरेको छ । सुरक्षा नियन्त्रणमा पर्नेमा दुहुँ […]

दार्चुलामा नेपालबाट भारततर्फ अवैधरूपमा निकासी गर्न लागिएको ठूलो परिमाणको झ्याउ सुरक्षा संयन्त्रले बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा दुहुँ गाउँपालिका–३ कालीगाडस्थित महाकाली नदी किनार क्षेत्रबाट ३९ बोरा झ्याउ बरामद गरिएको सुरक्षा संयन्त्रले सार्वजनिक गरेको छ । अवैध झ्याउ ओसारपसार गरिरहेको अवस्थामा चार जना स्थानीयलाई पनि सुरक्षा संयन्त्रले सुरक्षा नियन्त्रणमा गरेको छ ।
सुरक्षा नियन्त्रणमा पर्नेमा दुहुँ गाउँपालिका–४ का ४१ वर्षीय पवनसिंह कार्की, ४२ वर्षीय रमेशसिंह कार्की, ४१ वर्षीय गोर्खसिंह कार्की र ३२ वर्षीय शैलेन्द्रसिंह कार्की रहेका छन् ।
उनीहरुको साथबाट एक हजार ३६८ किलोग्राम तौल भएको अन्दाजी तीन लाख ४२ हजार रुपैयाँ बराबर रहेको सुरक्षा संयन्त्रले सार्वजनिक गरेको छ ।
बरामद गरिएको अवैध वन पैदावार झ्याउ आवश्यक प्रक्रिया पूरा गरी अपि–नम्पा संरक्षण क्षेत्र, दार्चुलाको जिम्मा लगाइएको छ । घटनाबारे थप गहन तहकिकात भइरहेको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।