१०औँ राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिता असार १ देखि सुरु हुँदै, आठ शीर्ष टोलीबिच प्रतिस्पर्धा
सोसल साउट समाचार कक्षका अनुसार, नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा १०औँ राष्ट्रिय खुला महिला बास्केटबल च्याम्पियनसिप आगामी असार १ गतेदेखि ६ गतेसम्म कीर्तिपुरस्थित कभर्ड हलमा सञ्चालन हुने भएको छ । नेबाले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगितामा देशभरबाट आठ टोलीको सहभागिता रहने जानकारी गराएको हो । प्रतियोगिताको खेलहरु कीर्तिपुर कभर्डहलमा हुनेछ । प्रतियोगितामा काठमाडौं उपत्यकाबाहिरका […]

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा १०औँ राष्ट्रिय खुला महिला बास्केटबल च्याम्पियनसिप आगामी असार १ गतेदेखि ६ गतेसम्म कीर्तिपुरस्थित कभर्ड हलमा सञ्चालन हुने तय भएको छ ।
नेबाले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगितामा देशभरबाट आठ टोलीको सहभागिता रहने जानकारी गराएको हो । प्रतियोगिताको खेलहरु कीर्तिपुर कभर्डहलमा हुनेछ ।
प्रतियोगितामा काठमाडौं उपत्यकाबाहिरका ती सहित आठ टोलीले प्रतिस्पर्धा गर्ने नेबा अध्यक्ष भिम सिंह गुरुङले जानकारी उपलब्ध गराए । जसमा कास्कीको अन्नपूर्ण बास्केटबल संघ, सुनसरी बास्केटबल संघ, आईएसए नेपाल, लेट्स गो बास्केटबल एकेडेमी, लुम्बिनी प्रदेश, ट्रेनिङ ग्राउण्ड, बूढानीलकण्ठ नगरपालिका र ग्रान्डे स्टार्स छन् । अन्नपूर्ण बास्बेटबल क्लब, सुनसरी रलुम्बिनी उपत्यका बाहिरका टोली हुन् ।
सहभागि ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा अन्नपूर्ण, सुनसरी, आइएसए, लेट्स गो छन् भने लुम्बिनी, ट्रेनिङ ग्राउण्ड, बुढानिकलण्ठ र ग्रान्डी स्टार्स समूह बी मा छन् ।
दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
यस प्रतियोगिताले महिला बास्केटबलको राष्ट्रिय स्तरमा बढ्दो विस्तार र लोकप्रियतालाई प्रतिबिम्बित गर्ने संघको विश्वास छ ।
१३ वर्षपछि महिला बास्केटबलको राष्ट्रिय प्रतिस्पर्धा हुन लागेको संघले सार्वजनिक गरेको छ । पछिल्लो पटक सन् २०१३ मा राष्ट्रिय प्रतिस्पर्धा भएको र तत्पश्चात विभिन्न प्राविधिक कारण, वार्षिक आयव्यय विवरण अभाव लगायत कारणले राष्ट्रिय प्रतिस्पर्धा हुन नसकेको नेबा अध्यक्ष भिम सिंह गुरुङले जानकारी गराए । उनले राष्ट्रिय प्रतिस्पर्धा नभएपनि अन्य विभिन्न प्रतिस्पर्धा भने भइरहेको जानकारी उपलब्ध गराए ।
पछिल्लो पटक भएको राष्ट्रिय प्रतियोगिताको ट्रफी प्राइम स्पोर्ट्स क्लबले जितेको थियो भने ह्वाइट हाउस बास्केटबल क्लब उपविजेता बनेको थियो ।
प्रतियोगिताको कुल वार्षिक आयव्यय विवरण १३ लाख ५० हजार रुपैयाँ रहेको छ । विजेता टोलीले ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट प्रतिस्पर्धी खेलाडी (एमभीपी) लाई १० हजार रुपैयाँ, उदीयमान टोलीलाई १० हजार रुपैयाँ तथा उपत्यकाबाहिरबाट सहभागी उदीयमान खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
काठमाडौं उपत्यकाबाहिरबाट सहभागी हुने टोलीहरूलाई प्रोत्साहन गर्न आयोजकले प्रत्येक टोलीलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने संघले सार्वजनिक गरेको छ ।
नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङका अनुसार प्रतियोगिताले महिला बास्केटबलको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।
यस प्रतियोगितालाई राष्ट्रिय टिमको लागि प्रतिस्पर्धी खेलाडी छनोटको आधार पनि मानिने संघले सार्वजनिक गरेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आगामी साबा महिला बास्केटबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोली छनोटमा समेत प्राथमिकताका साथ हेरिनेछ ।
यस्तै नेबा अध्यक्ष गुरुङले अब महिलाको राष्ट्रिय प्रतियोगितालाई निरन्तर आयोजना गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि जुनियर, सिनियर टोलीको सहभागितालाई पनि प्राथमिकता पनि दिने जानकारी गराए ।
नेपाली महिला बास्केटबल टिमका प्रशिक्षक विकास शाहीले लामो समयपछि राष्ट्रिय प्रतिस्पर्धा हुनु महिला बास्केटबलको लागि राम्रो संकेत भएको र संघले यसलाई निरन्तरता दिने लष्य राख्नु सुखद भएको जानकारी गराए ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।