नयाँ राजनीतिक दल घोषणाको अन्तिम कसरतमा धवल र दुर्गा प्रसाईं : ३१ वटा केन्द्रीय विभाग गठन
पछिल्लो प्रतिवेदन अनुसार, उनीहरूले दल निर्माणका लागि ३१ वटा विभाग गठन गरेको विवरण सार्वजनिक हुन पुगेको जनाइएको छ।

राप्रपाबाट अलग भएका धवलशमशेर राणा र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं नयाँ पार्टी गठनको प्रक्रियामा जुटेका छन् ।
उनीहरूले दल निर्माणका लागि ३१ वटा विभाग गठन गरेका छन् । विभाग प्रमुखहरूलाई आइतबार काठमाडौंमा आयोतिज एक कार्यक्रममा जिम्मेवारी प्रत्यायोजन गरिएको छ । राणा र प्रसाईंले संयुक्त रुपमा जिम्मेवारी प्रत्यायोजन गरेका हुन् ।
पार्टी एकता कार्यदल, कार्यसम्पादन कार्यदल, वार्ता कार्यदल लगायतका विभाग गठन गरिएको आयोजकले जानकारी दिएको छ । जसमा मुकुन्दश्याम गिरी, सगुनसुन्दर लावती, राजु आचार्य, धनश्वर शाही, खड्ग जिसी, ईश्वरीप्रसाद भट्टराई, केशवराज श्रेष्ठ, डा. महेन्द्रजंग शाह, दिलविकास राजभण्डारी लगायत रहेका छन् ।
नयाँ पार्टी गठन गर्न भन्दै २१ जेठमा राप्रपा महामन्त्री धवलशमेर राणा लगायतले पार्टी छाडेका थिए । तत्पश्चात दुर्गा प्रसाईंको समूह राणाको समूहसँग मिलेका थिए ।
प्रस्तावित राष्ट्रवादी पार्टी निर्माण तथा जिम्मेवारी प्रत्यायोजन कार्यक्रममा बोल्दै राणाले राप्रपाका नेताहरूले कार्यकर्तालाई अनावश्यक कारवाहीको डण्डा चलाएको जानकारी गराए । बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिन नपुग्दै तमाम गल्तीहरू गर्दै गएको जानकारी गराए ।















पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।