संसद् भवन अगाडि प्रेम आचार्यले आत्मदाह गर्दाको अभिव्यक्ति स्मरण गराउँदै बालेनमाथि कांग्रेसको कडा प्रहार
घटनाक्रमको ताजा विवरण अनुसार, कांग्रेसकी प्रमुख सचेतक बासना थापाले बिहीबार राहदानी विभाग अगाडि बाध्य भएर २५ वर्षीय गणेश नेपालीको आत्मदाहको प्रयास गरेको बताएकी हुन् ।

नेपाली कांग्रेसले २५ वर्षीय गणेश नेपालीले बाध्य भएर आत्मदाह गर्नुपरेको बताएको छ ।
शुक्रबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले बिहीबार राहदानी विभाग अगाडि बाध्य भएर २५ वर्षीय गणेश नेपालीको आत्मदाहको प्रयास गरेको बताएकी हुन् ।
यो विषय संसद्मा उठाउँदै गर्दा उनले २०७९ माघ १० गते प्रेम आचार्यले नयाँ वानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाह गरेको स्मरण गरिन् । त्यसबेला बालेन शाह काठमाडौं महानगरपालिकाका मेयर थिए । त्यसबेला उनले आचार्यको आत्मदाहमा राज्यको नीति जोडिएको भनेर स्ट्टस लेखेका थिए ।
बालेनलाई त्यसबेलाको स्ट्याटस थापाले स्मरण गराएकी हुन् ।
‘प्रेम आचार्यले नयाँ वानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाह गर्दा काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले लेख्नुभएको स्ट्टस आज पनि सम्झनु भएको छ कि बिर्सनुभयो प्रधानमन्त्री ज्यू ?’
विगतमा प्रश्न गरेको यद्यपि हालको अवस्थामा सत्ताको नेतृत्वमा रहँदा किन मौन रहेको भनेर उनले प्रश्न गरिन् ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।