सांसद शर्माको आरोप : सुकुमवासीलाई गाँसबास दिने बाचा गरेको सरकारले आँशु मात्र दियो
पछिल्लो विकसित घटनाक्रम अनुसार, नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले आत्महत्याको चेतावनी दिइरहेका होल्डिङ सेन्टरका सुकुमवासीहरूलाई सरकारले बासगास होइन आँशु दिएको बताएकी छन् । सांसद शर्माले शुक्रबार बसेको प्रतिनिधिसभा छलफल सत्रमा बोल्दै सरकारले खाना र पानी बन्द गरेपछि होल्डिङ सेन्टरमा बस्नेहरू बिचल्लीमा परेको बताएकी हुन् । ‘इन्द्र राईहरूले सुरुमै आत्महत्या गरे । बाँच्नेहरू पनि सरकारका कारणले […]

नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले आत्महत्याको चेतावनी दिइरहेका होल्डिङ सेन्टरका सुकुमवासीहरूलाई सरकारले बासगास होइन आँशु दिएको बताएकी छन् ।
सांसद शर्माले शुक्रबार बसेको प्रतिनिधिसभा छलफल सत्रमा बोल्दै सरकारले खाना र पानी बन्द गरेपछि होल्डिङ सेन्टरमा बस्नेहरू बिचल्लीमा परेको बताएकी हुन् ।
‘इन्द्र राईहरूले सुरुमै आत्महत्या गरे । बाँच्नेहरू पनि सरकारका कारणले कति जना मर्न बाध्य हुने हो ?,’ शर्माको प्रश्न छ ।
‘हिजो २५ वर्षीय गणेश नेपालीले आफ्नो हातमुख जोड्न पठाओको रुपमा प्रयोग गरेको बाइकमा ह्विल–लक गरी अनावश्यक जरिवाना मागेपछि गरिबलाई यो देशमा बाँच्न नपाइने रहेछ भनेर आत्मदाह गरे,’ शर्माले छलफल सत्रमा भनिन्, ‘होल्डिङ सेन्टरमा यसबाहेक अवस्था छ ।’

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।