कीर्तिपुरको होल्डिङ सेन्टरबाट सुकुमवासीको उठीवास (तस्वीरहरू) बारे पछिल्लो विकसित घटनाक्रम
सार्वजनिक नयाँ तथ्य अनुसार, केही आफन्तकोमा गएका छन् भने अरु सेन्टरकै आसपासमा रहेका छन् । उनीहरुलाई कहाँ लैजाने भन्ने टुंगो लागेको छैन । सेन्टर भएको स्थानमा बस्न मिल्ने अवस्था छैन ।

कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटको राधास्वामी होल्डिङ सेन्टर डुबान भएपछि सुकुमवासीको उठीवास लागेको छ ।
लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा शुक्रबार राति डुवान भएको थियो । बिहानसम्म पनि सेन्टर जलमग्न थियो । हालको अवस्थामा पानी घट्दै गएको छ । पानी कम भएपछि उनीहरुले आफ्ना सामान निकाल्न थालेका छन् ।
राति डुबानपछि सुरक्षाकर्मीले ५४ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको थियो । संयुक्त सुरक्षा टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा सुरक्षित रूपमा पुर्याएको थियो ।
केही आफन्तकोमा गएका छन् भने अरु सेन्टरकै आसपासमा रहेका छन् । उनीहरुलाई कहाँ लैजाने भन्ने टुंगो लागेको छैन । सेन्टर भएको स्थानमा बस्न मिल्ने अवस्था छैन ।










पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।