आज राति भारी वर्षाको सम्भावना पछि मौसम अपडेट मा नयाँ तरङ्ग
पछिल्लो विकसित घटनाक्रम अनुसार, जल तथा मौसम विज्ञान विभागले आज राति देशका विभिन्न भूभागमा भारीदेखि अति भारीसम्मको वर्षा हुने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । विभागले आइतबार साँझ मौसमसम्बन्धी अपडेट जारी गर्दै मनसुन सक्रिय भई भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन सबैसँग आग्रह गरेको हो । विभागका अनुसार आज […]

जल तथा मौसम विज्ञान विभागले आज राति देशका विभिन्न भूभागमा भारीदेखि अति भारीसम्मको वर्षा हुने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।
विभागले आइतबार साँझ मौसमसम्बन्धी अपडेट जारी गर्दै मनसुन सक्रिय भई भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन सबैसँग आग्रह गरेको हो ।
विभागका अनुसार आज राति र सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भारी देखि धेरै भारीसम्म वर्षाको सम्भावना रहेको छ । यसका साथसाथै कोशी र बागमती प्रदेशका पहाडी भूभागको एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको विभागले सार्वजनिक गरेको छ ।
ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, जलप्रलय, भूस्खलन तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक खण्ड तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।


पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।