स्वर्गीय नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको स्मृतिमा परिवारजनद्वारा तीन परोपकारी संस्थालाई १ करोड सहयोग
घटनाक्रमको ताजा विवरण अनुसार, दिवंगत नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको परिवारले उनको सम्झनामा तीन संस्थालाई एक करोड रुपैयाँ दान गरेको जनाइएको रहेको तथ्य सार्वजनिक भएको छ।

२८ साउन । दिवंगत नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको परिवारले उनको सम्झनामा तीन संस्थालाई एक करोड रुपैयाँ दान गरेका छन् ।
स्व. पाण्डेको इच्छाबमोजिम उनको परिवारले प्राज्ञिक क्षेत्रमा काम गर्ने मार्टिन चौतारी, नर्थसाउथ कलेक्टिभ्स र एक सार्वजनिक संस्थालाई एक करोड दान गरेको सार्वजनिक गरेको छ ।
सो रकम तीन ओटै संस्थाबीच बराबरी भाग लाग्नेगरी प्रदान गरिएको हो । उक्त रकम डा. प्रिनिति पाण्डेले सम्बन्धित संस्थाका प्रतिनिधिहरूलाइ प्रत्यायोजन गरेकी छन् ।
परिवारस्रोतका अनुसार डा. पाण्डेले नेपालको गरिबी न्यूनीकरण, समता, न्याय र मानवअधिकारसम्बन्धी अध्ययन, अनुसन्धानमा टेवा पुग्ने आशा तथा विश्वास अनुरूप ती संस्थालाई आर्थिक सहयोग प्रदान गर्ने आशा तथा विश्वास राखेका थिए ।
यद्यपि, पछिल्लो केहीवर्ष आफै प्रतिकूल स्वास्थ्य अवस्थामा पुगेको र ८७ वर्षको उमेरमा क्यान्सर रोग लाग्दा सम्पूर्ण ध्यान उपचारमै केन्द्रित रहँदा त्यो इच्छा पूरा हुननसकेको परिवारले सार्वजनिक गरेको छ ।
यही क्रममा डा. पाण्डको साउन १ गते निधन भएको थियो ।
प्रदान गरिएको रकम सीमान्तकृत समुदायभित्रका गरीब परिवारका बालबालिका र युवाहरूको शैक्षिक अवसर वृद्धि गर्ने क्रियाकलापमा प्रयोग हुने ती संस्थाले जनाएका छन् । ती कार्यक्रमका निर्णयमा दाता र उनको परिवार संलग्नसमेत नरहने भनिएको छ ।



पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।