कोरिया फर्किएका युवा उद्यमीहरूको लगानी र सहकार्यबारे ललितपुरमा बृहत व्यावसायिक सम्मेलन हुँदै
सम्बन्धित निकायबाट प्राप्त सूचना अनुसार, कार्यक्रममा ‘नेपाल–कोरिया व्यावसायिक अवसर, चुनौती र रिटर्नी उद्यमीको भूमिका’ विषयमा अन्तरक्रिया केन्द्रित हुनेरहेको तथ्य सार्वजनिक भएको छ।

२९ साउन । नेपाल–कोरिया उद्यमी व्यवसायी संघले ललितपुरमा ‘नेपाल–कोरिया व्यfवसायिक अन्तरक्रिया कार्यक्रम २०२६’ आयोजना गर्ने भएको छ ।
ललितपुरको पुल्चोकस्थित द प्लाजामा आगामी आइतबार कार्यक्रम आयोजना गर्न लागगेको हो । कार्यक्रम दिउँसो १ बजेदेखि थालनी हुनेछ ।
कार्यक्रममा ‘नेपाल–कोरिया व्यावसायिक अवसर, चुनौती र रिटर्नी उद्यमीको भूमिका’ विषयमा अन्तरक्रिया केन्द्रित हुनेछ ।
जसमा नेपाल र दक्षिण कोरियाबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध, लगानीका अवसर, उद्यमशीलता र वैदेशिक रोजगारीबाट फर्किएका नेपालीको उद्यमशील भूमिकालगायत विषयमा छलफल हुने आयोजकले सार्वजनिक गरेको छ ।
कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत नेपाल तथा दक्षिण कोरियाका व्यवसायी, उद्यमी तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहनेछ ।
यसबाहेक, नेपाल सरकारका उच्चपदस्थ प्रतिनिधि, दक्षिण कोरियाका कूटनीतिक प्रतिनिधि, उद्योगी–व्यवसायी, रिटर्नी उद्यमी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिलाई पनि निमन्त्रणा गरिएको ।
नेपाल–कोरिया आर्थिक तथा व्यवसायिक सहकार्यलाई थप मजबुत बनाउने र दुई देशबीच पुँजी प्रवाह तथा व्यापारका सम्भावना पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
विशेषगरी कोरियामा रोजगारी तथा व्यवसायको अनुभव हासिल गरेर नेपाल फर्किएका नेपालीले स्वदेशमा सञ्चालन गरेका उद्यम, उनीहरूले भोगिरहेका चुनौती तथा राज्यबाट अपेक्षित सहयोगका विषयमा समेत अन्तरक्रिया हुने संघले सार्वजनिक गरेको छ ।
आयोजकका अनुसार कार्यक्रमले नेपालमा लगानीको वातावरण विस्तार गर्न, नेपाल तथा कोरियाका व्यवसायीबीच व्यावसायिक सम्बन्ध स्थापित गर्न तथा नयाँ सहकार्यका सम्भावना पहिचान गर्न सहयोग पुग्ने आशा तथा विश्वास गरिएको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।