‘नेपाल एयरलाइन्सको पुनर्संरचना बिना मुलुकको पर्यटन विकास सम्भव छैन’ : मन्त्री खडकराज पौडेल
पछिल्लो प्रतिवेदन अनुसार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आमूल सुधारका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा जानुपर्ने उल्लेख गरेका छन् । नेपालका पर्यटन व्यवसायीहरूको छाता सङ्गठन नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९ औं अधिवेशनलाई शुक्रवार सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । राष्ट्रिय […]

२९ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आमूल सुधारका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा जानुपर्ने उल्लेख गरेका छन् ।
नेपालका पर्यटन व्यवसायीहरूको छाता सङ्गठन नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९ औं अधिवेशनलाई शुक्रवार सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
राष्ट्रिय ध्वजावाहक निगम हाल चरम ऋण, राजनीतिक हस्तक्षेप र कर्मचारीतन्त्रको बेथितिमा फसेको उल्लेख गर्दै उनले यसको पुनर्संरचना अपरिहार्य भएको जानकारी गराए ।
निगमको सुधारका लागि आफू अध्ययनकै क्रममा रहेको जानकारी दिँदै उनले यसलाई उद्धार गर्न पीपीपी मोडलमा लैजानुपर्नेमा आफ्नो दृढता रहेको स्पष्ट पारे ।
‘राष्ट्रिय ध्वजावाहकप्रति हामी सबैको गर्व छ यद्यपि हाल यो ऋणमा चुर्लुम्म डुबेको र विभिन्न बेथितिमा फसेको अवस्था छ । यसलाई राजनीतिक र कर्मचारीतन्त्रको दलदलबाट बाहिर निकालेर बचाउन आमूल पुनर्संरचना आवश्यक छ,’ उनले भने, ‘राष्ट्रिय ध्वजावाहकको सुधारबिना पर्यटकीय गन्तव्यको लक्ष्य पूरा गरेका कुनैपनि देश मैले देखेको छैन । त्यसैले नेपालको पर्यटन प्रवर्द्धनका लागि निगमको सुधार हुनैपर्छ ।’

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।