‘सहयोद्धालाई होच्याएर आफू महान बन्ने प्रवृत्ति कांग्रेसको क्यान्सर हो’ : नेता कुन्दनराज काफ्ले
सम्बन्धित निकायबाट प्राप्त सूचना अनुसार, संस्थापन इतर समूहको भेलालाई सम्बोधन गर्दै काफ्लेले सभापति गगन थापालाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

२९ साउन । नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले एक कांग्रेसीले अर्को कांग्रेसीलाई होचो देखाएर आफू अग्लो हुनखोज्ने प्रवृत्तिले पार्टी कमजोर भएको टिप्पणी गरेका छन् । संस्थापन इतर समूहको भेलालाई सम्बोधन गर्दै काफ्लेले सभापति गगन थापालाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘पहिला मेचीको कांग्रेसलाई दुख्दा महाकालीको कांग्रेसलाई दुख्थ्यो । त्यसैले कांग्रेस बलियो थियो,’ उनले भने, ‘आज एक कांग्रेसलाई पर्दा अर्को कांग्रेसले खुच्चिङ गर्ने संस्कृतिको विकास भएको छ । यो कसले गर्यो ?’
कांग्रेसले यसको चिन्तन गर्नुपर्ने बेला आएको उनले जानकारी गराए ।
हालको अवस्थामा एउटा कांग्रेसलाई होचो देखाएर अर्को अग्लो हुनखोज्ने प्रवृत्ति रहेको पनि उनले जानकारी गराए । ‘एउटालाई कमजोर देखाएर आफू बलियो हुनखोज्ने संस्कृति हालको अवस्थामा कांग्रेसको भाइरस हो । त्यो भाइरस १५ औं महाधिवेशनमा ठेगान लगाउनुपर्ने बेला छ,’ उनले भने ।
कांग्रेसका नेतृत्व हुँ भन्ने व्यक्तिबाटै यसो भइरहेको उनले जिकिर गरे । ‘त्यो भाइरसलाई अहिल्यै उपचार नगरे कसैलाई पनि जीवित राख्ने छैन,’ काफ्लेले भने ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।