‘विगतका गल्ती र इतिहासबाट पाठ सिकेर मात्र पार्टीले सही दिशा समात्न सक्छ’ : इतर भेलामा सभापति देउवा
पछिल्लो प्रतिवेदन अनुसार, हामीले हाम्रो इतिहासबाट पाठ सिकेर गन्तव्य पहिल्याउन सके मात्रै सही बाटो पहिल्याउन सकिन्छ’, देउवाले भने ।

२९ साउन । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले इतिहासबाट पाठ सिकेर गन्तव्य पहिल्याउन सके मात्रै सही बाटो पहिल्याउन सकिने उल्लेख गरेका छन् ।
शुक्रबारबाट शुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘हामीले हाम्रो इतिहासबाट पाठ सिकेर गन्तव्य पहिल्याउन सके मात्रै सही बाटो पहिल्याउन सकिन्छ’, देउवाले भने ।
हालको अवस्थामा देश संवेदनशील अवस्थामा रहेको भन्दै समाजका निराशालाई आशामा बदल्नुपर्ने दायित्व कांग्रेसले लिनुपर्ने जानकारी गराए ।
‘संवेदनशील अवस्थामा नेपाली कांग्रेसका सबै साथीहरूले सजक भएर राष्ट्रिय एकता कायम गर्न लोकतन्त्रलाई सुदृढ गर्ने भूमिका खेल्नुपर्ने हुन्छ’ उनले भने, ‘समाजमा हालको अवस्थामा पनि निराशा देखिएको छ । निराशालाई आशामा बदल्नुपर्ने हुन्छ । यो दायित्व पनि नेपाली कांग्रेसले लिनुपर्ने हुन्छ ।’

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।