‘चुनौतीपूर्ण घडीमा कहिल्यै विचलित भइनँ, नयाँ जिम्मेवारी रूपान्तरणको अवसर हो’
पछिल्लो विकसित घटनाक्रम अनुसार, गत वर्ष आजकै दिन (सेप्टेम्बर ८) । देशभर जेनजी पुस्ताका युवाहरू सडकमा उत्रिएका थिए । सञ्जालमा एउटै नारा थियो– सुशासन चाहियो । पुरानो राजनीतिक परिपाटिविरुद्ध लागेको यो नारा यसरी फैलियो कि २४ गते देशका प्रमुख संरचनासहित सिंगो देश जल्यो । सरकारी संरचना ध्वस्त भए । यतिसम्मकी व्यवसायमा छलाङ मारिरहेका र विस्तारै […]

२३ भदौ । गत वर्ष आजकै दिन (सेप्टेम्बर ८) । देशभर जेनजी पुस्ताका युवाहरू सडकमा उत्रिएका थिए ।
सञ्जालमा एउटै नारा थियो– सुशासन चाहियो ।
पुरानो राजनीतिक परिपाटिविरुद्ध लागेको यो नारा यसरी फैलियो कि २४ गते देशका प्रमुख संरचनासहित सिंगो देश जल्यो ।
सरकारी संरचना ध्वस्त भए । यतिसम्मकी व्यवसायमा छलाङ मारिरहेका र विस्तारै उठ्दै गरेका उद्यमीहरू पनि निशानामा परे ।
सोही अन्धाधुन्ध आक्रमणबाट जोगिएनन्, अंशुभरा ग्रुपका निर्देशक सौगात थापा ।
पर्यटकीय नगरी कास्कीको पोखरामा उनले बगैंचा रिसोर्ट सञ्चालमा ल्याएको एक महिनामात्रै भएको थियो । विस्तारै व्यवसायलाई रफ्तारमा लैजाने गृहकार्य अघि बढिरहेको थियो ।
अघिल्लो वर्ष २४ भदौमा सडकमा उर्लिएको जेनजी पुस्ताको राप उनको सोही रिसोर्टभित्र पनि प्रवेश गर्यो । केही घण्टामै करोडौं लगानीको रिसोर्ट खरानी बन्यो ।
त्यो दिन हालको अवस्थामा पनि उनलाई सम्झन मन लाग्दैन ।
अनेकन सपना बुनेर ठूलो लगानीमा बनाएको रिसोर्ट यतिकै छाड्न मनले मानेन् । करिब १० महिना लगाएर रिसोर्ट पुन: सञ्चालनमा ल्याइएको छ ।
‘हामीले भोग्नुपर्ने विभिन्न खालका मानसिक तनाव झेल्यौं । हामीले गरेको व्यवसाय मुलुक र समाजको लागि थियो,’ उनले भने, ‘हाम्रो कारण धेरै मानिसले रोजगार पाएका थिए । काम गरेर खानु भनेको अपराध जस्तो ठान्यो ।’
हालको अवस्थामा उनी पुन: आत्मविश्वास बटुलेर व्यवसायमा जुटेका छन् ।
‘ढलेपछि उठ्नु नै वास्तविक विजय हो । त्यो कठिन समयपछि मैले पराजय मानिनँ । आफैंलाई सम्हालेँ, फेरि व्यवसाय उठाएँ र अझ बलियो भएर अघि बढ्ने संकल्प गरेँ,’ उनले भने ।
खरानीबाट उठेर नेतृत्व तहमा
एक वर्षअघिको विध्वंशबाट विस्तारै व्यवसायिक यात्रामा अघि बढेका उनी अब सिंगो नगरको व्यवसायिक नेतृत्व गर्ने तहमा पुगेका छन् ।
केही दिनअघि मात्रै थापा पोखरा उद्योग वाणिज्य संघको ३६ औँ महाधिवेशनबाट उद्योग उपाध्यक्षमा निर्वाचित भएका छन् । यसलाई उनले नयाँ जिम्मेवारीको सुरुवात भन्छन् ।
‘यो मेरो लागि केवल एउटा पद होइन, कठिन यात्रापछि प्राप्त भएको विश्वास, जिम्मेवारी र नयाँ सुरुवात हो,’ उनले भने ।
विगतको पीडालाई शक्तिमा बदल्दै, व्यवसायीको हित, रोजगारी सिर्जना र पोखराको आर्थिक समृद्धिका लागि इमानदारीका साथ काम गर्ने संकल्प रहेको उनले जानकारी गराए ।
लेकसाइडको १३ नम्बर स्ट्रिटमा वास्तुकला, नेपाली कला र परम्परागत तथा आधुनिक सम्मिश्रणसहित थापा नेतृतत्वको अंशुभरा ग्रुपले बगैंचा रिसोर्ट चलाउँदै आएको छ ।
यसले पोखराको पर्यटनमा नयाँ ऊर्जा थप्ने विश्वास उनले लिएका छन् । उनको रिसोर्ट साढे चार रोपनी क्षेत्रफलमा छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।