अन्तर्राष्ट्रिय संस्था आईपीएएसको ७ लाख सहयोग तामाङ घेदुङद्वारा बाढीपीडित बस्तीमा पठाइने
सोसल साउट समाचार कक्षका अनुसार, एसियाका आदिवासी जनजातिको ऐक्यबद्धता कोष (आईपीएएस) ले नेपाल तामाङ घेदुङलाई ७ लाख रुपैयाँ सहयोग गरेको छ । आईपीएएसका प्रतिनिधिले उक्त रकम नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष रामकृष्ण ब्लोन तामाङलाई ७ लाख रुपैयाँको चेक प्रत्यायोजन गरेका छन् । आईपीएएसले उपलब्ध गराएको उक्त रकम १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई सहयोग […]

२४ भदौ । एसियाका आदिवासी जनजातिको ऐक्यबद्धता कोष (आईपीएएस) ले नेपाल तामाङ घेदुङलाई ७ लाख रुपैयाँ सहयोग गरेको छ ।
आईपीएएसका प्रतिनिधिले उक्त रकम नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष रामकृष्ण ब्लोन तामाङलाई ७ लाख रुपैयाँको चेक प्रत्यायोजन गरेका छन् ।
आईपीएएसले उपलब्ध गराएको उक्त रकम १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई सहयोग गर्ने फोनिज संघीय कोषाध्यक्ष अर्जुनबहादुर तामाङले जानकारी उपलब्ध गराए ।
चेक प्रत्यायोजन गर्दै आईपीएएसका कार्यकारी सदस्य डा. प्रतिमा गुरुङले घेदुङसँग सहकार्य गर्ने प्रतिबद्धता जनाइन् ।
घेदुङका संघीय अध्यक्ष तामाङले प्राप्त सहयोग रकमलाई बाढीबाट प्रत्यक्ष रूपमा प्रभावित वास्तविक पीडितसम्म पारदर्शी र प्रभावकारी ढंगले पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।