संशोधन मण्डलको ऐतिहासिक पुस्तक मेला आयोजना हुँदै : रणबहादुर शाह र कुमाउका राजाबीचको दुर्लभ सन्धिपत्र प्रदर्शनमा
घटनाक्रमको ताजा विवरण अनुसार, यो सन्धि सम्बन्धी पुस्तिकाको नाम हो- गोरखा र कुमाउ राज्यको सन्धिपत्र । यो पुस्तिका आइतबारदेखि थालनी हुने संशोधन मण्डलको पुस्तक प्रदर्शनीमा उपलब्ध हुने आयोजकले जानकारी दिएको रहेको तथ्य सार्वजनिक भएको छ।

२४ असोज । विस. १८४४ मा गोरखाका राजा रणबहादुर शाह र कुमाउँका राजा मोहन चन्दबीच सन्धि भएको थियो । यो सन्धि गोरखाले कुमाउँ जितेपछि भएको थियो ।
यो सन्धि सम्बन्धी पुस्तिकाको नाम हो- गोरखा र कुमाउ राज्यको सन्धिपत्र । यो पुस्तिका आइतबारदेखि थालनी हुने संशोधन मण्डलको पुस्तक प्रदर्शनीमा उपलब्ध हुने आयोजकले जानकारी दिएको छ ।
२५० रुपैयाँ मुल्य भएको यो पुस्तिकामा छुटसहित २०० रुपैयाँमा पाइने संशोधन मण्डलका सदस्य प्राडा. महेशराज पन्तले सोसल साउटलाई जानकारी गराए ।
‘संशोधन मण्डलको डल्लुस्थित कार्यालयमा असोज २५ देखि ३० गतेसम्म पुस्तक मेला सञ्चालन हुँदेछ,’ पन्त भन्छन्, ‘विभिन्न ऐतिहासिक पुस्तकहरू ३० प्रतिशतसम्म छुटमा उपलब्ध छन् ।’
मेलामा नेपाल सम्वत्कालिन पात्रो, गीर्वाणयुद्धविक्रम शाहको चिनाको चित्र, इतिहास प्रधान त्रैमासिक पूर्णिमा, नयराज पन्तका गणितीय कृति, बडागुरुज्यू विजयराजसँग सम्बद्ध पत्रहरू, साधनमाला, हनूमान्ढोकादरबार मनमोहनचोकको दलानको शिलापट्ट र त्यहाँका शिलामूर्ति, विद्वच्छिरोमणि हेमराजको गोरखासम्बन्धी गहन तहकिकात लगायतका पुस्तक उपलब्ध छन् ।
संशोधन मण्डलको प्रकाशनको ७४ वर्ष पुगेको अवसरमा आयोजित मेलामा Administrative documents of Shah Dynasty.., What did Amshuvarman write? लगायतका अंग्रेजी भाषाका पुस्तक समेत उपलब्ध हुने पन्तले जानकारी उपलब्ध गराए ।




पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।