प्रदेशका साझा समस्या र अधिकारबारे छलफल गर्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको थालनी
पछिल्लो विकसित घटनाक्रम अनुसार, कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन थालनी भएको छ । संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलतालाई चिर्दै प्रदेशको अधिकार सुनिश्चितताका लागि साझा धारणा बनाउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो । कोशी प्रदेश सरकारले आयोजना गरेको सम्मेलनमा मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका मुख्यमन्त्री किरण थापा मगर,कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर

२७ असोज । कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरुवात भएको छ । संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलतालाई चिर्दै प्रदेशको अधिकार सुनिश्चितताका लागि साझा धारणा बनाउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो ।
कोशी प्रदेश सरकारले आयोजना गरेको सम्मेलनमा मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका मुख्यमन्त्री किरण थापा मगर,कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाही र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहभागी छन् । सुदूरपश्चिका मुख्यमन्त्री खगराज भट्ट भने आएका छैनन् ।
सम्मेलनमा प्रदेशहरुबाट मुख्यमन्त्री, प्रमुख सचिव, योजना आयोगका उपाध्यक्ष र मुख्यन्यायाधिवक्तासहितको टोली सहभागी छन् ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।