तीनवटै तहबीच समन्वय र सहकार्य सुदृढ गरेर मात्र संघीय प्रणाली प्रभावकारी बन्ने निष्कर्ष
प्राप्त पछिल्लो विशेष विवरण अनुसार, कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले तीन तहका सरकारकाे सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाएर मात्रै संघीय व्यवस्थालाई प्रभावकारी बनाउन सकिने उल्लेख गरेका छन् । अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा मंगलबार मन्तव्य राख्दै सभामुख विष्टले संविधानलाई हुबहु कार्यान्वयन गर्ने र प्रदेशलाई बलियो बनाउनु पर्ने बताएका हुन् । सभामुख विष्टले प्रदेश सभालाई बलियो नबनाई प्रदेश

२७ असाेज । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले तीन तहका सरकारकाे सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाएर मात्रै संघीय व्यवस्थालाई प्रभावकारी बनाउन सकिने उल्लेख गरेका छन् ।
अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा मंगलबार मन्तव्य राख्दै सभामुख विष्टले संविधानलाई हुबहु कार्यान्वयन गर्ने र प्रदेशलाई बलियो बनाउनु पर्ने बताएका हुन् ।
सभामुख विष्टले प्रदेश सभालाई बलियो नबनाई प्रदेश सरकार बलियो हुन नसक्ने स्पष्ट पारे ।
प्रदेश सरकारले गरेका कामहरूको निगरानी गर्न, सचेत गराउन र प्रभावकारी बनाउन प्रदेशका समितिहरू तथा प्रदेश सभाहरु नै बलियो हुनुपर्ने उनको दाबी रहेको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।