रास्वपाको आन्तरिक लोकतन्त्र : संसदीय चुनावको टिकट पाउन पार्टी प्राइमरीमा ४० प्रतिशत मत अनिवार्य
सार्वजनिक नयाँ तथ्य अनुसार, रास्वपाले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न परम्परागत शैलीलाई तोड्दै नयाँ मापदण्ड अघि सारेको रहेको तथ्य सार्वजनिक भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न परम्परागत शैलीलाई तोड्दै नयाँ मापदण्ड अघि सारेको छ।
पार्टीले हालै जारी गरेको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुसार अब उम्मेदवार बन्न ४० प्रतिशत मतभारसहितको निर्वाचन पार गर्नुपर्नेछ।
शीर्ष नेताको तजबिजमा टिकट बाँड्ने प्रथाको विकल्पमा रास्वपाले आन्तरिक लोकतन्त्रको अभ्यास गर्दै पार्टी सदस्यहरूको प्रत्यक्ष सहभागितामा उम्मेदवार छनोट गर्ने जनाएको छ।
प्रारम्भिक निर्वाचनका लागि पार्टीको आधिकारिक एपमार्फत डिजिटल र अफलाइन दुवै माध्यमबाट मतदान गर्न सकिनेछ। यद्यपि, उक्त चुनावले आधिकारिक स्वीकृति पाउन कुल मतदाता (पार्टी सदस्य) मध्ये कम्तीमा २५ प्रतिशतको सहभागिता हुनैपर्ने थ्रेसहोल्ड तोकिएको छ।
‘नो अफ द एभभ’ अर्थात् ‘माथिका कुनै पनि होइनन्’ भन्ने विकल्प (नोटा) को पनि प्रयोग गर्न पनि पाइने छ ।
यदि कुनै पदका लागि भएको मतदानमा नोटाले सबैभन्दा बढी मत प्राप्त गरेमा प्रतिस्पर्धामा रहेका सबै आकांक्षीहरूको मनोनयन स्वतः रद्द हुनेछ।
तत्पश्चात नयाँ उम्मेदवारहरूको खोजी गरी पुनः मतदान गराइने व्यवस्था रूपरेखामा उल्लेख छ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।