रोमानिया र क्रोएसिया वैदेशिक रोजगारीको नक्कली प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउ
प्राप्त पछिल्लो विशेष विवरण अनुसार, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना सुरक्षाकर्मी हिरासतमा परेका छन् । सुरक्षा नियन्त्रणमा पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–५ बस्ने जुम्ला घर भएका ३६ वर्षीय बिरेन्द्र शाही छन् । उनले रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट १८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको […]

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना सुरक्षाकर्मी हिरासतमा परेका छन् ।
सुरक्षा नियन्त्रणमा पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–५ बस्ने जुम्ला घर भएका ३६ वर्षीय बिरेन्द्र शाही छन् ।
उनले रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट १८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध गहन तहकिकात कार्यालय टेकुबाट खटिएको सुरक्षा संयन्त्रले उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका–५ बाट सुरक्षा नियन्त्रणमा गरेको हो ।
उनलाई आवश्यक गहन तहकिकात तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।